खाेज्नुहाेस

किसानका उत्पादनलाई बजार दिदै साना किसान श्रीपुर

Image

अत्तरिया – पहाडी क्षेत्रका कृषिजन्य उत्पादनले बजार नपाउने समस्या वर्षाैदेखि रहदै आएको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारको अभावका कारण बारीमै कुहिने गरेका समाचारहरु समेत सुनिने गर्दछन ।

तर, पछिल्लो समय कैलालीको चुरे क्षेत्र र डोटीको विपिनगर क्षेत्रका किसानहरुले भने सहज रुपमा बजार पाइरहेका छन । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा रहेको साना किसान कृषि सहकारी संस्था श्रीपुरले बजारको व्यवस्था गरेको छ । जसका कारण किसानहरुले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु धमाधम बिक्री भैरहेका छन ।

add everest academy
attariya hospital
navjiwan hospital

पछिल्लो तिन महिना यतादेखि सहकारीले आफ्नो चुरे गाउँपालिकामा रहेको शिवनगर शाखा सँगको समन्वयमा उक्त क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुहरुलाई कैलालीका बजारहरुमा पु¥याईरहेको छ । बजार व्यवस्थापनको जिम्मा पाएका सहकारीका उपाध्यक्ष फलराम चौधरीले पहाडी क्षेत्रका किसानका कृषिजन्य वस्तुहरुले मूल्य पाओस भन्नका लागि सहकारीले उक्त कार्य गरेको बताए । उनले सहकारीकै कारण पहाडी क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मूल्य तथा बजार पाएको समेत बताए । ‘बिचौलियाहरू आउँछन एकदमै न्यून मूल्यमा किसानका कृषिजन्य वस्तुहरू किनेर लैजान्छन् ।

जसका कारण किसानहरुले बस्तुको उचित मूल्य पाएका थिएनन्’ उनले भने ‘किसानहरुको उक्त समस्या समाधानका लागि हामीले सहकारीको शिवनगर शाखा मार्फत किसानहरुका उत्पादित बस्तुहरू खरिद गरेर अन्य ठूला बजारहरुमा बिक्री गर्ने काम गरिरहेका छौ, त्यसबाट किसानहरुले सहज रुपमा मूल्य पाइरहेका छन ।’ उनले सो कार्यले सहकारीलाई पनि केही आम्दानी भैरहेको बताए । सहकारीले संस्थागत नाफा नभई किसानमुखी नाफालाई प्राथमिकता दिइरहेको उनले बताए ।

उनले किसानका बारीमै गएर उत्पादित बस्तुहरू सहकारीले खरिद गर्न थालेपछि किसानहरुलाई पनि सहज भएको बताए । ‘हामी बारिमै गएर किसानका उत्पादित वस्तुहरू खरिद गरिरहेका छौ’ उनले भने ‘जसका कारण किसानहरूले सहज रुपमा बस्तुको मूल्य पाइरहेका छन भने बजार नपाउने डर पनि उनीहरूलाई छैन ।’ पहाडी क्षेत्रमा बजारको अभावका कारण उत्पादित बस्तुहरू किसानले घाटा खाएर बेच्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाई छ ।

attariya technical collage

सहकारीले पछिल्लो ३ महिनामा मात्रै करिब ९० क्विन्टल फलफूल तथा तरकारी तराईक्षेत्रमा बजारमा ल्याएर बिक्री गरिसकेको छ । सहकारीले सिजन अनुसार करिब ८० क्विन्टल सुन्तला र १० क्विन्टल अदुवा गोदावरीकै विभिन्न बजारहरूमा बिक्री गरिसकेको चौधरीले बताए । उनका अनुसार सहकारीले किसानहरूका कृषिजन्य वस्तुहरू बारीमा गएर खरिद गर्ने र बजारमा ल्याएर बेच्ने कार्यलाई निरन्तरता दिनेछ ।