अत्तरियामा डिडिसीको दूध खपत न्यून

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) को दूधले स्थानीय बजार नपाउँदा काठमाडौं, पोखराको बजारमा भर पर्दै आएको छ । अत्तरियामा संस्थान सञ्चालन आएको सुरुवाती वर्षहरूमा स्थानीय बजारमा राम्रो माग हुँदै आएको भएपनि पछिल्लो समय भने बजार पाउन मुस्किल हुन थालेको हो ।

maya metro hospital

हाल संस्थानले संकलन गरेको ७५ प्रतिशत भन्दा बढी दूध बाह्य बजारमा निर्यात हुने गरेको छ । स्थानीय बजार सँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय बजारमा दूधको खपत हुन नसकेको दुग्ध विकास संस्थान अतरियाका सङ्कलन प्रमुख चन्द्र मोहन लेखकले बताए ।

उनले आफूहरूले मापदण्ड पालना गरेर दूध उत्पादन गर्ने भएकाले लागत मूल्य बढी पर्ने गरेको बताए । ‘बजारमा डेरीहरुले प्याकिङ नगरेको दूध मापदण्ड पूरा नगरीकन सस्तोमा बिक्री गरेका छन्’ उनले भने ‘हामीले प्रशोधन गरेको दूधको लागत बढी हुने भएकाले बजारमा पाइने दूध भन्दा महँगो पर्ने गरेको छ ।’

attariya hospital

संस्थानले कैलाली, कञ्चनपुर र डडेलधुराबाट दैनिक ४ हजार लिटर दूध संकलन गर्दै आएको छ । जसमध्ये मुस्किलले १ हजार लिटर दूध मात्रै स्थानीय बजारमा खपत हुने गरेको छ । तिन वर्ष अगाडि मात्रै संस्थानले दैनिक ४ हजार लिटर दूध दही स्थानीय बजारमै बिक्री गर्दै आएको सङ्कलन प्रमुख लेखकले बताए । उनले स्थानीय स्तरमै बिक्री गरेको दूधबाट किसानको भुक्तानी हुने गरेकोमा हाल काठमाण्डौं, पोखराको बजारमा बिक्री गरेर किसानको भुक्तानी गर्नुपर्ने बाध्यता रहेको बताए ।

संस्थानले स्थानीय बजारमा प्याकिङ गरेको दूध प्रतिलिटर ९० रुपैयाँमा बिक्री गर्ने गरेको छ । तर, अत्तरिया बजारमा रहेका डेरीहरुले भने ८० रुपैयाँमै दूध बिक्री गर्दै आएका छ्न । यस्तै संस्थानले १४० मा दही बिक्री गर्दै आएकोमा डेरीहरुले भने ११० रुपैयाँमै दही बिक्री गर्ने गरेका छन् ।

आयोजना प्रमुख विकल श्रेष्ठले बजारमा मापदण्ड विपरीत दूध बिक्री रोक्न सके गुणस्तरीय दूधले बजार पाउने बताए । उनले सस्तोमा नाममा बजारमा डेरीहरुले गुणस्तरहीन दूध बिक्री गरेर उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गरिएको बताए ।

उनले डेरी उद्योगहरूले दूध प्याकेजिङ गर्ने उपकरण राखेर पनि दूध सस्तोमा बिक्री गर्न खुला प्लास्टिकको थैलोमा बिक्री गर्ने गरेको बताए ।

‘यसरी बिक्री गरिएको दूधमा न उत्पादन, उपभोग मिति राखिएको हुन्छ । न दूधमा पाइने तत्त्वहरूको मात्रा खुलाइएको हुन्छ’ उनले भने ‘यसरी बिक्री हुने दूध बिक्री गर्न रोकिनु पर्ने हो । तर, बजारमा अनुगमन गरेर कारवाही नगरीदा यस्ता व्यवसायीले प्रोत्साहन पाएका छन ।’ उनले खाद्य संस्थानले २०७५ सालमा ल्याएको मापदण्डमा दूध कसरी संकलन गर्ने, कसरी बिक्री गर्ने भनेर उल्लेख गरिएपनि त्यसको पालना नभएको बताए । उनले उपभोक्तामा चेतनाको कमी हुँदा मापदण्ड विना बिक्री भएको दूध नै बढी खरिद गर्ने गरेको बताए ।

संस्थानमा हाल तिन जिल्लाका ५३ वटा सहकारी, संस्था फर्मबाट दुघ संकलन हुने गरेको छ । मुख्य सिजनमा भने संस्थानले दैनिक ९ हजार लिटर सम्म दूध संकलन गर्ने गरेको छ ।

भुक्तानीको समस्या समाधान हुन्छ

संस्थानको अत्तरिया शाखामा हाल भुक्तानीको समस्या पनि कायमै रहेको छ । देशैभरीमा भुक्तानीमा समस्या भइरहेको अवस्थामा अत्तरियामा पनि किसानहरूले २÷३ महिनादेखि दूधको भुक्तानी पाएका छैनन् ।

अत्तरियामा संकलन गरिएको दूध हाल पाउडर धुलो बनाउन पोखरा पठाउने गरिएको छ । बजारमा दूधको खपत कम हुँदा दूधको पाउडर बनाउनु परेको आयोजना प्रमुख श्रेष्ठले बताए । उनले दुध पाउडर बनाएर होल्ड बस्दा भुक्तानीमा समस्या भएको बताए । उनले सरकारले पाउडर दूधलाई धितो राखेर लोन लिने प्रक्रिया अगाडि बढेकाले किसानको दूधको छिटै भुक्तानी हुने बताए । पाउडर बनाएको दूध अफ सिजनमा संस्थानले नै दूध दही बनाउन प्रयोग गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.