खाेज्नुहाेस

संघ मार्फत चौकीडाँडा-फल्टुडे सडक निर्माणका लागि पहल सुरु

Image


अत्तरिया – निकै सुस्त गतिमा अगाडि बढिरहेको चौकीडाँडा –फल्टुडे सडक संघीय सरकार मार्फत निर्माण गर्नको लागि पहल सुरु भएको छ । २०७७ सालमा प्रदेश सरकारले सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरेपनि अझै सो सडकमा कालोपत्रेको काम सुरु भएको छैन ।

हाल प्रदेश सरकारले करिब साढे ५ किलोमिटर सडक कालोपत्रेको लागि ठेक्का सम्झौता गरेकोमा त्यस अघिको सडक संघ सरकार मार्फत निर्माण गर्न पहल सुरु भएको हो । भीमदत्त राजमार्गको वैकल्पिक र छोटो सडकका रुपमा रहेको चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट सहितको टोलीले बिहीबार स्थलगत अनुगमन गरेको छ । 

add everest academy
attariya hospital

संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर सहितको टोली लगेर सडकको स्थलगत अनुगमन गरेका भट्टले सडकलाई छिटो निर्माण गर्नको लागि संघीय सरकार मार्फत काम सुरु गर्न आफू लागेको बताए । उनले निकै सुस्त गतिमा अगाडि बढेको सडकलाई चाडो निर्माण सम्पन्न गर्नका लागि संघीय सरकारलाई अनुरोध गरेपछि बिहीबार सडकको स्थलगत अनुगमन गरिएको बताए ।

‘सडकको टोलीलाई बोलाएर हामीले गोदावरी ३, ११ र १२ हुँदै कोल्मुडा सम्मको सडकको अब्जरभेसन (अवलोकन) ग-यौ’ उनले भने ‘यो सडक कोल्मुडा सम्म भएपनि कालोपत्रे हुने सुनिश्चित गर्न हामी लागेका छौ । चालु आर्थिक बर्ष भित्रै कोल्मुडा सम्म सडक कालोपत्रे हुन्छ ।’ उनले प्रदेश सरकारले चालु आर्थीक बर्षमा यस सडकको लागि बजेट विनियोजन नगरेपछि आफूले संघमा बजेटका लागि पहल गरेको बताए । 

navjiwan hospital

चौकीडाँडा फल्टुडे सडक जिरो पोइन्ट देखि ढाई किलोमिटर (वडा नम्बर १० कार्यालय सम्म) सडक कालोपत्रेका लागि प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले २०७७ सालमै ठेक्का सम्झौता गरेको थियो । एड्भेन्चर, गेगिङ, सन्लाईट जेभी सँग सडक कालोपत्रेका लागि २०७७ भदौ १८ गते ५ करोड ८४ लाख ठेक्का सम्झौता भएपनि उक्त सडकमा अझै कालोपत्रेको काम सुरु भएको छैन । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नुपर्ने थियो ।

attariya technical collage

वडा कार्यालय देखि थप ३ किलोमिटर माथि सम्म सडक कालोपत्रे गर्नको लागि पनि प्रदेश सरकारले २०७९ चैत्रमा गते तेडी निर्माण सेवा सँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता गरेको छ । उक्त काम पनि अझै सुचारु भएको छैन । 

करिब ३४ किलोमिटर उक्त सडकमा प्रदेश सरकारले टुक्रे योजना बनाएर काम अगाडि बढाएको भएपनि समयमा निर्माण नहुँदा हाल ओलानी क्षेत्र पनि कालोपत्रे सडकको सञ्जाल सँग जोडिन सकेको छैन । जसका कारण गोदावरीको गोदावरीको वडा नम्बर १०, ११ र १२ का जनताले निकै सास्ती खेप्दै आएका छन । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पीयूष चटौतले चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि चालु आर्थिक बर्ष देखि नै काम सुरु गरिने बताए । उनले चालु आर्थिक वर्षमा संघीय सरकारबाट २ करोड विनियोजन भएकोमा कोल्मुडा सम्म कालोपत्रेका लागि थप रकम पनि चालु आर्थिक वर्षमै माग गरी काम अगाडि बढाइने बताए । उनले तत्काल २ करोडको भने ठेक्का गरेर काम अगाडि बढाइने बताए । चौकीडाँडा जिरो पोइन्ट देखि कोल्मुडा सम्म १३ किलोमिटर लम्बाइ रहेको छ ।

चौकिडाँडा फल्टुडे सडकको २२ किलोमिटर सम्मको मात्रै हाल डिपिआर गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । हाल फल्टुडे सम्मकै ट्रयाक खुलेपनि १२ महिना गाडी चल्न सक्ने अवस्था भने छैन ।