खाेज्नुहाेस

छाडा चौपाया व्यवस्थापनमा जुट्यो समुदाय

Image

अत्तरिया – छाडा चौपायाको समस्या कहिले अन्त्य नहुने समस्या जस्तै बनेको छ । छाडा चौपाया व्यवस्थापनको मुद्दा २ पटकको चुनावी एजेण्डा बनिसकेको भएपनि समस्या उस्तै छ । पछिल्लो समय यसको बहस हुन छाडेको भएपनि छाडा चौपायाका कारण हुने समस्या उस्तै हुँदा बाली जोगाउन किसानलाई हम्मेहम्मे छ भने सडकमा छाडा चौपायाकै कारण दुर्घटनाको जोखिम पनि उस्तै छ ।

सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा पनि समस्याको सुनुवाई नभएपछि कैलालीको स्याउलेका स्थानीय भने आफै छाडा चौपाया व्यवस्थापनमा जुटेका छन । छाडा चौपायाले खेतमा रोपेको धान खाएर हैरान पार्न थालेपछि स्थानीयले समुदायिक वन मार्फत खोडी (टहरा) निर्माण गरेका हुन ।

add everest academy
attariya hospital

नौ सय उपभोक्ता रहेको सूर्योदय सामुदायिक वनले साढे ६ लाख बढी रकम खर्चेर खोडी निर्माण गरेको हो । आरसीसी ढलान गरेर जस्तापाताको छानाबाट निर्माण गरिएको खोडीमा ६० चौपाया बस्न सक्ने सामुदायिक वनले जनाएको छ । वनकी अध्यक्ष जगत्रा सिहले समुदाय स्तरबाट छाडा चौपायाको व्यवस्थापनका लागि खोडी बनाउने माग आएपछि वनको रकम खर्च गरेर टहरा निर्माण गरिएको बताइन् । उनले यसअघि छाडा चौपायालाई रातीको समयमा थुन्नको लागि कान्जी हाउस निर्माण गरिएको भएपनि उक्त कान्जी हाउस बर्सातमा हिलाम्मे भएपछि खोडी बनाउनु परेको बताइन् ।

‘छाडा चौपायालाई बर्सातको समयमा कान्जी हाउसमा थुन्ने अवस्था थिएन । जसले गर्दा छाडा चौपाया किसानका खेतमा गरेर धान खान थालेका थिए’ उनले भनिन् ‘वनमा आवद्ध स्थानीयको माग पछि हामीले खोडी निर्माण गरेका हौ । यसमा छाडा चौपाया पानी परेको समयमा पनि सुरक्षित रुपमा बस्न सक्छन् ।’ उनले खोडीमा छाडा चौपाया हेर्नको लागि एक जना चौकिदार राख्ने निर्णय गरिएको भएपनि तलबको जोहो कसरी गर्ने भन्ने चुनौती रहेको बताइन् ।

navjiwan hospital

‘हामीले वन हेरालु २ जना राखेका छौ । उनीहरूकै तलब खुवाउन समस्या भइरहेको छ’ उनले भनिन् ‘चौकिदार थपिएपछि कसरी तलव दिन, आयश्रोत जुटाउने भन्ने बारेमा छलफल भइरहेको छ । सामुदायिक वनका उपभोक्ताबाट उठाउनेकी, बजारका व्यवसायीबाट उठाउने भन्नेमा कुरा मिल्न बाँकी छ ।’ उनले छाडा चौपायाको निकै समस्या हुन थालेपछि खोडी निर्माण गरिएको भएपनि स्थानीय सरकारबाट भने कुनै सहयोग नपाएको बताइन् ।

attariya technical collage

स्याउलेमा यसअघि गौशाला नै निर्माण गर्ने भनेर महायज्ञ लगाइएको भएपनि गौशाला बनाउने झन्जटीको प्रक्रिया भएको भन्दै काम अघि बढेको छैन् । गौशालाका लागि आयोजना गरेको महायज्ञबाट ४ लाख मात्रै बचत भएको आयोजकले जनाएको छ । महायज्ञ स्याउलेमा रहेको समैजी विश्वनाथ महादेव शिव मन्दिरमा सञ्चालन गरिएको थियो ।

स्थानीय सरकारले बेवास्ता गरेको छाडा चौपायाको समस्या महायज्ञ लगाउँदा पनि समाधान हुने नदेखिएपछि स्थानीय सामुदायिक वन मार्फत छाडा चौपाया व्यवस्थापनमा जुटेका थिए । सामुदायिक वन मार्फत निर्माण गरिएको खोडीमा तत्काल रातीको समयमा छाडा चौपाया थुन्ने काम गरिने अध्यक्ष सिहले बताएकी छिन । उनले आर्थिक सहयोग जुट खोडीमा चौबीसै घण्टा नै छाडा चौपायाको स्याहार गरिने बताइन् ।

खोडीको बिहीबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिका – ८ का वडा अध्यक्ष गोविन्द चौधरी र वनकी अध्यक्ष सिहले उद्घाटन गरेका थिए । वडा अध्यक्ष चौधरीले स्थानीय नै छाडा चौपाया व्यवस्थापनमा जुटेपछि आफू निकै खुसी लागेको बताए ।

उनले स्थानीय सरकारले छाडा चौपायाको व्यवस्थापनका लागि धेरै प्रयास गरेपनि नसकिरहेको बताए । ‘म स्थानीयको काम देखेर निकै खुसी भएको छु । छाडा चौपाया व्यवस्थापन गर्ने भन्दा पनि स्थानीय सरकारले मात्रै सकिरहेको छैन’ उनले भने ‘मैले घोषणा नगरेपछि वडाबाट सहयोग गर्ने छु ।’ उनले नगरबाट पनि सहयोगका लागि पहल गर्ने बताए ।