खाेज्नुहाेस

गेटा विश्वविद्यालयका संघर्षकर्ता माथी राजनीतिक दलन

Image

अत्तरिया – कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बन्ने घोषणा भएपनि कार्यान्वयनको चरणले भने पुर्णता पाएको छैन । सरकारले मन्त्रिपरीषदबाट माघ २९ गते गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेर कार्यान्वयमा अगाडी बढेको भनेपनि उल्झन अझै बाँकी छ । त्यसैमा बीच–बीचमा भइरहने चलखेलले अझै विश्वविद्यालय बन्नेमा ढुक्क हुने अवस्था छैन ।

पूर्ण विश्वास नबनेकै कारण अहिले पनि गेटामा विश्वविद्यालयको माग गर्दै स्थापना भएको संघर्ष समिति संक्रिय छ । तर, अत्तरियामा सक्रिय विभिन्न राजनीतिक दलमै आवद्ध युवाहरु संम्मेलित उक्त संघर्ष समिति आफ्नै पार्टीका नेताहरुको भने दलनमा छ ।

attariya hospital

संघर्ष समितिको मुख्य नेतृत्वमा कांग्रेस, एमाले, माओवादी, लगायतका दलकै युवा नेताहरु सहभागित छन । संघर्ष समितिमा यस क्षेत्रमा संक्रिय सबै राजनीतिक दलका युवाहरु सक्रिय भएपनि गेटा विश्वविद्यालय सम्बन्धि संघर्षका कार्यक्रम गर्दा भने उनीहरुले पार्टीका नेताहरुबाट चर्को दवाव झेल्नु परेको बताउँन्छन ।

navjiwan hospital

‘गेटा विश्वविद्यालय स्थापनाका क्रममा कुनै पनि विरोधका कार्यक्रम घोषणा गर्ने वितिकै नेताहरुबाट रोक्नका लागि चर्को दवाव आउन्छ’ संघर्ष समितिमा सहभागि एक नेताले भने ‘कार्यक्रम तुरुन्त रोक्नुस नत्र पार्टीबाट विज्ञप्ती निकाल्ने सम्मका धम्की दिइन्छ ।’ उनले यस्तो व्यवहार गर्नुको कारण आफूहरुले आफ्ना दलका नेताको नाम नलिइदिनु भएको बताए ।

‘हामीले उठाएको मुद्दा जनताले मन पराएपनि हाम्रो पार्टीको बिभिन्न तहको नेतृत्वमा बसेका नेताहरुले मन पराएका छैनन्’ ति नेताले भने ‘हामीले नेताहरुको नाम लिइदिएको भए वहाँहरु खुसि हुनुहुन्थ्यो । वहाँहरु हाम्रो मुद्दामा सहमत भएपनि नेताहरुले आफूभन्दा जुनियर नेताले मुद्दा उठाएको रुचाउका छैनन् । अहिलेको आन्दोलनको मुख्य चुनौती यही नै हो ।’ गेटा विश्वविद्यालयको आन्दोलन गर्दा नेताहरुले आफ्नो विरुद्ध आन्दोलन गरेको हो कि भन्ने भ्रम पालेकाले यस्तो समस्या आएको उनले बताए । सुदूरपश्चिमका २७ लाख जनताको मुद्दा उठाउँदा यस क्षेत्रकै नेता विभाजित हुनु बिडम्बना भएको उनको भनाइ छ ।

यसै क्रममा आन्दोलनको नेतृत्व गरिरहेका कांग्रेसका युवा नेता लोक राज पाण्डे (आगो) पार्टीबाटै निष्कासित हुने गरी कारवाहीमा परेका छन । उनलाई नेपाली कांग्रेस कैलालीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो । पार्टीले कारवाही गरेपनि उनले आन्दोलनका कार्यक्रमबाट भने ब्याक नहुने संकेत गरेका छन ।

संघर्ष समितिका सह–संयोजक आनन्द भट्टले फरक–फरक दलमा भएर पनि विकासको साझा मुद्दामा साझा धारणा बनाएर अघि बढ्दा राजनीतिक दवाव आउनु गलत भएको बताए । आफूलाई पनि पार्टीबाट दवाव आइरहेको बताउँदै उनले साँझा मुद्दामा युवाहरु एक ठाउँमा उभिएर आवाज उठाउँदा पार्टी विरुद्ध बोलेको रुपमा लिन नहुने बताए । उनले व्यक्तिगत रुपमा आफू स्थापीत हुन आन्दोलन गरको भन्ने आरोपमा पनि कुनै सत्यता नभएको बताए ।

संघर्ष समितिका सचिव धर्म सिह कुँवरले आफ्नो पार्टी सत्तामै भएकाले आन्दोलनका कार्यक्रम नगर्न दवाव आउनु सामान्य भएको बताए । गेटामा मेडिकल विश्वविद्यालयको सुनिश्चितताका लागि पार्टीका नेतामार्फत निरन्तर नेतृत्वसंग कुरा गरिरहेको उनले बताए । गेटा मेडिकलका बिषयमा भइरहेको आन्दोलनमा सहभागि हुने राजनीति दल संग आवद्ध भएकाहरुले पनि पार्टीबाट दवाव आउने गरेको बताउँदै आएका छन ।