खाेज्नुहाेस

एम्बुलेन्स थप्दै गोदावरी

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले थप एउटा एम्वुलेन्स ल्याउने भएको छ । नगरबासीहरुलाई सहुलियत रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ नगरले एम्बुलेन्स थप्न लागेको हो । नगरका केही वडाहरु भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थीत रहेका छन । जुन क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिनका लागि समस्या हुने गरेको छ ।

स्वास्थ्य केन्द्रहरुबाट प्राथमिक उपचार पाईने भएपनि वृहत उपचारका लागि बजार क्षेत्रमा ल्याउन यातायातका साधन नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता विकट क्षेत्रका नागरिकले भोगिरहेका छन । नगरको विकट क्षेत्रका नागरिकहरुलाई पनि एम्बुलेन्समार्फत सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

नगरप्रमुख विरेन्द्र भट्टले नगरपालिकाले थप एउटा एम्बुलेन्स ल्याउने तयारी थालेको बताएका छन । केही समय पहिले प्रदेशबाट एउटा एम्बुलेन्स ल्याएको बताउदै उनले नगरमा अझै एउटा एम्बुलेन्स थप्ने तयारी रहेको बताए । ‘नगरमा दुई ओटा एम्बुलेन्सहरु पहिले देखी नै सञ्चालनमा छन, एउटा एम्बुलेन्स केही समय पहिले प्रदेशबाट ल्याएका छौ’ उनले भने ‘भौगोलिक विकटताका कारण नगरमा अझै एउटा एम्बुलेन्स आवश्यक ठानेर थप्ने तयारी थालेको छु ।’ उनले नयाँ ल्याउने एम्बुलेन्स नगरको बजेटबाट भने नल्याउने बताए । ‘एम्बुलेन्स आवश्यक छ, एउटा म ल्याउछु’ उनले भने ‘तर त्यसका लागि नगरको बजेट खर्च गर्दिन ।’

केही दिन पहिले नगरपालिकाले शव वाहन सेवा सञ्चालनमा ल्याएको थियो । नगरले शव वाहन ल्याएको तर अति आवश्यक एम्बुलेन्स भने नल्याएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध पनि गरेका थिए । नगरप्रमुख भट्टले नगरमा पहिलेदेखी नै ३ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेको तर शव वाहन नभएकाले पहिलो प्राथमिकतामा शव वाहन ल्याईएको बताए । उनले शव वाहन पश्चात पुनः एउटा एम्बुलेन्स थप्ने योजना भएपनि कुरा नबुझेरै विरोध गरिएको बताए । ‘एम्बुलेन्स आवश्यक हो तर शव वाहन पनि त आवश्यक छ नी’ उनले भने ‘नगरमा पहिलेदेखी नै ३ वटा एम्बुलेन्सहरु थिए, त्यसैले शववाहन पहिलो प्राथमिकतामा प-यो ।’ उनले गरेको कामलाई पनि नकारात्मक नै देख्नेहरुलाई आफुले काम गरेर देखाउने समेत बताए । उनका अनुसार अहिले नगरपालिकाको शववाहनले निःशुल्क रुपमा सेवा प्रदान गरिरहेको छ ।

उनले शव वाहनले नगरका अति विपन्न परिवारहरुलाई राहत प्रदान गरिरहेको बताए । ‘गोदावरीमा धेरैजसो परिवार आर्थिक रुपमा विपन्न छन’ उनले भने ‘त्यस्ता परिवारलाई शव लैजाने सवारी साधनको भाडा तिर्न समेत समस्या पर्ने गर्दछ, त्यस्ता परिवारहरुको समस्या शववाहनले समाधान गरिरहेको छ ।’ उनले नगरमा सञ्चालित शव वाहनले नगरका सबै वडाहरुमा रहेका नागरिकहरुलाई सेवा दिईरहेको बताए । शववाहनले जस्तै एम्बुलेन्सले पनि सहुलियतमा नगरबासीहरुलाई सेवा प्रदान गर्ने उनले बताए ।

attariya technical collage

हाल नगरपालिकामा रहेका तिन ओटा एम्बुलेन्समध्ये २ वटा एम्बुलेन्स नगरपालिकाको वडा नं. ३ मा रहेको मालाखेती अस्पतालमा राखिएका छन भने एउटा एम्बुलेन्स वडा नं. ११ मा रहेको गोदावरी स्वास्थ्य चौकीमा राखिएको छ ।