खाेज्नुहाेस

लघुवित्तमा आवद्ध महिलाका पीडै पीडा

Image

अत्तरिया – कैलालीको जोशीपुरकी सुलेना डगौरा थारुलाई लघुवित्तमा आवद्ध भएको ६ बर्ष भयो । युनिक नेपाल लघुवित्तमा ६ बर्ष पहिला आवद्ध भएकी उनले बचत संगै ऋण पनि चलाउँदै आएकी छिन सुरुमा ५० हजार ऋण लिएकी उनले पुरानो चुक्ता गरेर हाल डेढ लाख ऋण लिएकी छिन । उक्त ऋणको उनले १३ किस्ता तिरिसके पनि अझै ढाइ लाख तिर्न बाँकी हिसाव देखिएको छ ।

किस्ता तिर्दै गर्दा उनको व्यापार बन्द भएपछि उनले किस्ता तिर्न सकेकी थिइनन् । ‘कोरोनाको समयमा उक्त रकमको मासिक किस्ता तिर्न नसकेपछि हाल त्यो रकम बढेर ढाइ लाख पुगेको छ’ उनले भनीन् ‘कोरोनामा केही किस्ता तिर्न रोकिएपछि त्यसलाई रिन्यु गनुपर्छ भनियो । त्यो रकम अहिले ढाई लाख पुगेको छ । जवकी डेढ लाख सावाको १३ किस्ता तिरिसकेकी थिए ।’ अहिले उनीमाथि ऋणको भार थपिने क्रम जारी छ । जसले गर्दा उनी अहिले लघुवित्तले ज्यादती गरेको भन्दै सडका आन्दोलनमा छिन ।

attariya hospital

उनले लघुवित्तले आफूहरुको धेरै हिसाब लुकाउने गरेको बताइन् । ‘हामीले लघुवित्तबाट ऋण लिएर नतिर्ने भनेका होइनौ । तर, हाम्रो पहिला हिसाब चाहियो’ शुक्रबार अत्तरियामा लघुवित्त विरुद्धको आन्दोलनमा सहभागी थारुले भनीन ‘म मात्रै होइन लघुवित्तमा ५८ लाख महिला आवद्ध छा,ै हामी सबैको हिसाव चाहिन्छ ।’

navjiwan hospital

उनले लघुवित्तले विभिन्न नाममा रकम लिएर हिसाव नदिएको बताइन् । किस्ता माग्न भने घरमै आएर गालि बेज्जत गर्ने गरेको उनको आरोप छ । ‘लघुवित्तले किस्ता नतिरेको भन्दै घरमै आएर गाली गर्ने गरेका छन’ उनले भनीन् ‘किस्ता तिर नतिर ट्वाइलेटको गु खाउ भन्छन । पैसा तिर्छै यस्तो नभन भन्दा पनि मान्दैनन् ।’

पछिल्लो समय लघुवित्त संस्थाहरु विरुद्ध महिलाहरु संगठित भएर आन्दोलित भएका छन । उनीहरुले व्यक्तिगत पीडा मात्रै नभएर समग्र महिलाहरु माथि लघुवित्तले ज्यादती गरेको भन्दै आवाज उठाउन थालेका छन । आन्दोलनमा सहभागि कञ्चनपुरकी सिता विकले लघुवित्तका कारण महिलाहरु घरबार विहिन भएको बताइन् । उनले घलुवित्तले महिलाहरुबाट रकम असुलेर हिसाव नै नदिने गरेको बताइन् ।

‘हामीलाई महिनामा ५ देखि २५ रुपैयाँ केन्द्र कोष भनेर लिने गरेका छन त्यसको हिसाव किताव नै हुँदैन । ढिला समुहमा उपस्थित भएको भनेर ५० रुपैयाँ जरिवाना हुन्छ । त्यसको पनि हिसाव हुँदैन’ उनले भनीन् ‘सानो सानो रकम गरेर महिलाहरुबाट करोडैं रकम लघुवित्तले असुलेका छन । जसको हिसाव देखाइदैन ।’

लघुवित्त संघर्ष समितिकी अगुवा सुकमाया मुक्तानले लघुवित्तकै ज्यादती सहन नसकेर १ हजार ४८५ दिदीबहिनीले ज्यान फालेको बताइन् । उनले लघुवित्तमा ५८ लाख आवद्ध भएकोमा ३३ लाख दिदीबहिनीहरुले ऋण लिएको बताइन । उनले महिलाहरुलाई बिभिन्न प्रलोभनमा पारेर लघुवित्तले भुमरिमा पारेको बताइन । ‘महिला दिदीबहिनीहरु जानेर लघुविक्तमा आवद्ध भएका होइनन् । हामीलाई झुटो आश्वासन दिएर प्रलोभन देखाएर लघुवित्त संस्थाले भुमरिमा पारेका छन’ उनले भनीन ‘चुलोचौको गरेर बस्ने दिदीवहिनीहरुलाई झुटो प्रलोभनमा पारेर बिना धितो ऋण दिए । घर–घर आए समुह बनाए । समुहमा बचत गराए । पछि ऋण पनि दिए । तर, ऋण दिएपछि लघुवित्तले ठग्न थालेको छ । १ लाख ऋण मागे ८५ हजार दिने तर, तमसुक बनाउने । १/२ बर्षको भाका राखेर महिना महिनामा त्यो ऋणको व्याज सावा तिर्न लगाउने त्यो रकम त्यसैमा तिन नपुग्ने हुन्छ ।’ उनले महिलाहरुलाई बचतको पेन्सन आउन्छ भनेर ठगेर अहिले घर न घाटको बनाएको बताइन् ।

लघुवित्तको ज्यादती बढेको भन्दै १७ महिनादेखि आन्दोलित महिलाहरु पछिल्लो समय ३ दिने कार्यक्रम राखेर सुदूरपश्चिमका मुख्य बजारमा विरोध प्रदर्शन गरिरहेका छन । उनीहरुले आन्दोनलका कार्यक्रममा नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, लघुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमता आधारित काम र दामको व्यवस्था गर, सामाजवादी अर्थतन्त्रको विकास गर लगायतका माग राखेका छन । आन्दोलनका कार्यक्रम शनिबार सम्म जारी रहने लघुवित्तिय संस्था विरुद्धका संघर्ष समितिले जनाएका छन ।