खाेज्नुहाेस

पहिलो पटक परिवारकै अगाडी सम्मानित हुँदाको क्षण

Image

अत्तरिया – परिवारको अगाडी सम्मानित हुने मौका हरकोहीले पाउँदैन् । त्यसमा पनि परिवारकै मान्छेबाट सम्मानित हुने त एकदमै न्यून हुन्छन । भरिएको कार्यक्रमस्थलमा आफ्नै परिवार अगाडी सम्मानित हुन पाउँदा र साथीहरुको गडगडाहट ताली बज्दा कस्तो अनुभव होला ? कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का सुरेश धामीले मंगलबार त्यस्तै अनुभवको सामना गरे ।

वडाभरीमा शैक्षिक सत्र २०७९÷०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका उनलाई मंगलबार वडा कार्यालयले सम्मानित गरेको थियो । सोही सम्मान कार्यक्रममा आएका उनका हजुरआमा हजुरबुवाले उनलाई फुलमाला लगाएर सम्मानित गरे ।

add everest academy
attariya hospital

‘जिवनमै यती खुसीको क्षण पहिले आएको थिएन्, परिवारकै अगाडी परिवारकै मान्छेबाट मञ्चमा सम्मानित हुन पाए’ धामीले भने ‘यो अवसर जुराउने वडाध्यक्ष रविन्द्र शाही गुड्डु लगायत वडापरिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’ सोही वडामा रहेको मालाखेती भिजन एकेडेमीबाट एसईई दिएका उनले ३.६५ जिपिए ल्याएका छन ।

उनले वडा कार्यालयको सम्मानले आगामी दिनहरुमा पढाईप्रति अझै उत्प्रेरणा जागेको बताए । ‘हामी सामान्य रुपमा आफुलाई अब्बल साबित गर्न र परिक्षामा उत्कृष्ट नतिजा ल्याउन पढिरहेका हुन्छौ’ उनले भने ‘तर पढाईका कारण समाजमा यसरी सम्मान मिल्दो रैछ भन्ने आज आएर अनुभव भएको छ ।’ उनले आफुले अब विज्ञान विषय लिएर कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याउदै वडा र विद्यालयको नाम उचो राख्ने कोसिस गर्ने बताए ।

navjiwan hospital

उनि जस्तै ३.६५ जिपिए ल्याएका कमल बोहराले वडा कार्यालयबाट पाएको सम्मानले पढाईमा हौसला जगाएको बताए । ‘वडाको सम्मानले गर्व महसुस भएको छ’ उनले भने ‘यसले पढाईमा अझै मेहनत गर्ने जागँर आएको छ ।’ उनले पनि अब आफु विज्ञान विषय पढाईमा अझै मेहनत गर्ने बताए । वडा कार्यालयले वडामा रहेका र उत्कृष्ट नतिजा ल्याउन सफल ४ जना विद्यार्थीहरुलाई सम्मानित गरेको थियो । एसईईमा उत्कृष्ट नतिजा ल्याउने २ जना निजि र २ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मानित गरिएको वडा कार्यालयले जनाएको छ ।

attariya technical collage

३.६५ जिपिए ल्याउने धामी र बोहरा दुवै निजी विद्यालयमा अध्यापन गर्ने विद्यार्थी हुन । वडाले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा ल्याएका २ जना विद्यार्थीहरुलाई पनि सम्मानित गरेको थियो । वडा नं. ३ मा रहेको ग्वासी माध्यमिक विद्यालयबाट एसईई दिएका निर्मल बिकले वडाको सम्मानले आफुलाई पढाईमा अझै जागरुक बनाएको बताए । उनले आर्थिक अभावका कारण निजी विद्यालयको अध्यापन विचमै छोडेर सामुदायिक विद्यालयमा अध्यापन गर्न जानुपरेको बताए । ‘मेरो परिवार मध्यम वर्गिय परिवार हो, निजी विद्यालयको खर्च धान्न नसकेर मलाई सामुदायिक विद्यालयमा पठाईयो’ उनले भने ‘आर्थिक अभावले पढाईमा असर पु¥याउदैन भन्ने दृढ संकल्प मेरो यो नतिजाले साकार पारेको छ ।’ उनले विद्यार्थीहरुको मेहनतलाई सम्मान गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

वडा कार्यालयले चालु आर्थिक वर्षमै वडामा रहेका एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि कोचिङ कक्षा सञ्चालन गरेको थियो । वडाको कोचिङ कक्षामा सहभागी र परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई सम्मानित गरिएको वडाध्यक्ष रविन्द्र शाहि (गुड्डु) ले बताए । उनले निजी तथा सामुदायिक नभनी वडामा रहेका उत्कृष्ट नतिजा ल्याउने हरेक विद्यार्थि वडाको लागि समान भएको बताए ।

उनले वडाको उक्त सम्मानले विद्यार्थीहरुमा पढाई प्रतिको उर्जा बढ्ने विश्वास लिएको बताए । ‘यो पिछडीएको वडा हो, यहाँबाट कोही उत्कृष्ट भएर निस्किन्छ भने हाम्रो लागि गर्वको कुरा हो’ उनले भने ‘त्यसैले पनि वडाबाट प्रतिनिधित्व गरेका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको हो ।’ उनले यो सम्मानले उदाउदै गरेका तल्लो कक्षा विद्यार्थीहरुमा पनि पढाईप्रति बढी जागरुक बन्ने अपेक्षा रहेको बताए ।

वडा कार्यालयले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा कम्प्रोमाईज नगर्ने बताउदै उनले आगामी दिनहरुमा अझै पनि त्यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताए । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने मालाखेती भिजन एकेडेमीलाई पनि सम्मानित गरिएको थियो ।