खाेज्नुहाेस

दशकौ वित्दा पनि पाईएन विद्युत

Image
फुलबस्ती क्षेत्रमा विद्यूत विस्तारका लागि गाड्न राखिएका विद्युतका पोलहरु

अत्तरिया – सुदूरपश्चिकै सबैभन्दा सुुगम जिल्लाको रुपमा कैलालीलाई लिईन्छ । त्यसमा पनि कैलालीको गोदावरी नगरपालिका प्रदेशकै राजधानी तोकिएको क्षेत्र र मुख्य गन्तव्य क्षेत्रका रुपमा चिनिन्छ । नगरपालिकाको वडा नं. ४ मा रहेको गोदावरीधाममा लाग्ने कुम्भ मेलामा देश तथा विदेशबाट समेत श्रद्धालु भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । त्यस्तो स्थानमा विकासका सामान्य संरचनाहरु पनि निर्माण नभएको भन्ने कुरा त सोच्न समेत सकिदैन ।

तर नगरपालिकाको सोही वडामा रहेका केही गाउँहरुले भने हालसम्म विजुलीवत्ति समेत पाएका छैनन । वडाका फुलबस्ती, पट्रयानी, बामदरे, सिमलगैरा लगायतका गाउँबासीहरु विद्युत अभावमा हालसम्म अध्यारोमा बस्न बाध्य बनेका छन । बस्ती बसेको करिब ५० वर्षभन्दा बढी भैसक्दा समेत विद्युुत अभावमा उक्त गाउँका बासिन्दाहरुले जिन्दगी गुजार्नु परिरहेको छ ।

add everest academy
attariya hospital

स्थानिय सरकारको दोश्रो कार्यकाल आईपुुग्दा सम्म पनि फुलबस्ती बासिहरुले भने विद्युुत हेर्न पाएका छैनन् । सुगम जिल्लाका रुपमा रहेको कैलाली, त्यसमाथी पनि प्रदेशको राजधानी तोकिएको क्षेत्रमा रहेको गाउँमा विजुली नहुँदा नगरका लागि पनि लज्जास्पद कुरा हो । स्थानिय तहहरु पटक पटक विजुलीका लागि माग गर्दा पनि सुनुवाई हुन नसकेको स्थानिय जय बहादुर धामीले बताए । उनले पछिल्लो केही समय यता विद्युतका लागि पोल हाल्ने काम भैरहेको बताए । उनले पोल हाल्न सुरु हुँदा विजुली वत्ति देख्न पाईन्छ की भन्ने आशा जागेकोमा पोल हाल्न पनि ढिलाई हुँदा काम हुनेमा आशंका लागेको बताए ।

navjiwan hospital

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले करिब ढाई करोडको लागतमा उक्त गाउँहरुमा विजुली पुु-याउने किसिमले ठेक्का प्रकृयामार्फत काम सुरु गरिसकेको छ । हाल ठेकेदार कम्पनिले पोल हाल्ने काम गरिरहेको छ । उक्त कार्यमा केही सामान अभावका कारण कार्य ढिला भएको धनगढी वितरण केन्द्रका प्रमुख सुुर्य नारायण मन्डलले बताए । उनले गत चैत १५ गते ठेकेदार कम्पनिलाई ६ महिना भित्र काम सम्पन्न गरिसक्ने गरी कार्यादेश दिएको बताए ।

उनले अझै पनि समयमै काम सम्पन्न गर्नका लागि ठेकेदार कम्पनिलाई निर्देशन दिईसकेको उनले बताए । ‘काम सुरु भैसकेको छ, पहाडी तथा जंगलको क्षेत्र पनि भएकाले काममा समस्या भैरहेको हो’ उनले भने ‘केही सामानको अभाव पनि छ, त्यो आउने वित्तिकै कार्य सुरु भैहाल्छ ।’ उनले जिन्सि तथा ज्याला सहित गरेर ढाई करोडको लागतमा फmुलबस्ती लगायत गाउँमा विजुली बत्ति पुु¥याउने किसिमले कार्य भैरहेको बताए ।

attariya technical collage

स्थानिय सरकार आएदेखी दुरदराजका पालिकाबासीहरुले आफ्ना समस्या समाधान हुने आशा राखेका थिए । तर स्थानिय सरकारको पहिलो कार्यकाल सकिएर दोश्रो कार्यकालको एक वर्ष पुरा हुँदा पनि आफ्ना मागहरु सुनुवाई नहुँदा स्थानिय सरकारप्रतिको भरोसा उडेको स्थानिय युवा धामीले बताए । उनले स्थानिय सरकारले जनताका आवश्यकताहरुतिर ध्यान नदिएको गुनासो गरे ।

उक्त क्षेत्रका ४÷५ वटा गाउँबासीहरुले हाल सोलारको भरमा दैनिकी गुजार्दै आएका छन । बस्ती बसेको दशकौ वितिसक्दा समेत विजुली नपाउँदा पुर्वाधार विकासमा फुलबस्ती लगायतका गाउँहरु एकदमै पछाडी रहेको गाउँबासीहरुलाई अनुभुती हुने गरेको छ ।