खाेज्नुहाेस

जिविकोपार्जनको श्रोत बन्दै ट्याक्सी

Image

काठमाण्डौ – देशकै सबैभन्दा विकसित तथा व्यस्त शहर काठमाण्डौमा ट्याक्सीहरुको विगविगी छ । यहाँका बेरोजगार युवाहरुका लागि जिविकोपार्जनको राम्रो श्रोत बनेको छ ट्याक्सी । देशका विभिन्न जिल्लाहरुबाट घुमघाम मात्र नभई विभिन्न सरकारी काम र औषधी उपचारका लागि काठमाण्डौ आउनेहरुका लागि ट्याक्सी ले सहज बनाएको छ ।

बृहत शहर भएकाले काठमाण्डौमा एक स्थानबाट अर्काे स्थानमा जानका लागि अनिवार्य सवारी साधनको आवश्यकता पर्ने गर्दछ । त्यस्तो अवस्थामा ट्याक्सी व्यवसायले नागरिकहरुलाई ईच्छुक स्थानमा पुु¥याउने काम गर्दै आएको छ । काठमाण्डौमा ट्याक्सी चलाउदै आएका पुर्णमान तामाङ्गले यात्रुहरुलाई आवश्यक स्थानमा पुु¥याउने काम गर्दै आएका छन । उनले सो कार्यवाफत दैनिक कम्तीमा पनि २ हजार ५ सय देखी ३ हजारको हाराहारीमा शुद्ध आम्दानी गर्ने गरेको बताए । ‘काठमाण्डौमा ट्याक्सी चलाउने व्यवसाय राम्रो छ’ उनले भने ‘चाँडपर्वहरुमा त दैनिक १० हजार सम्म पनि आम्दानी हुने गर्दछ, अन्य समयमा पनि कम्तिमा ३ हजार सम्म पुुग्छ ।’

add everest academy
attariya hospital

ट्याक्सी चलाएरै परिवारको जोहो गरिरहेको उनले बताए । करिब १५ वर्ष अरब बसेका उनले काठमाण्डौमा ट्याक्सी चलाएर ५ जनाको परिवार पालिरहेको बताए । ‘ट्याक्सीमा खटेर काम गरे राम्रो आम्दानी छ’ उनले भने ‘तेल पनि खासै लाग्दैन, काठमाण्डौ क्षेत्रभित्र करिब १ हजार देखी १ हजार २ सय सम्मको तेल पर्याप्त हुन्छ ।’ तर पहिलको तुलनामा ट्याक्सी चलाउने कारोबारमा केही कमी आएको उनले सुनाए ।

navjiwan hospital

‘देशमा आर्थिक संकट छ, मान्छेसँग पैसा छैन, त्यसैले यो कारोबार पछिल्लो समय सुस्ताएको छ’ उनले भने ‘यो मात्रै नभई कोरोना महामारी पछि देशमा कुनै पनि कारोबार राम्रो सँग उकासिन पाएका छैनन् ।’ उनले शहरमा ट्याक्सीहरु बढी हुँदा पनि कारोबारमा कमी आएको बताए । ‘ट्याक्सीहरु बढे, प्रतिष्पर्धा बढी छ, आफ्नो मनोमानी रकम लिने गर्छन’ उनले भने ‘त्यसैले पनि अहिले कारोबार केही कम छ ।’ अरबको कमाईले २३ लाखमा आफ्नै ट्याक्सी किनेर चलाईरहेका उनले परिवारलाई ट्याक्सीको कमाईले नै काठमाण्डौमा भाँडामा राखेर पालिरहेको बताए ।

‘एउटा छोरा छ, उसले पनि काम गर्छ’ उनले भने ‘काठमाण्डौ जस्तो शहरमा उसको सानो कमाईले के हुुन्थ्यो र अहिले मैले ट्याक्सी चलाउन सुरु गरेदेखी परिवारको राम्रो लालन पालन भैरहेको छ । छोरीलाई यसैबाट पढाईरहेको छु ।’

attariya technical collage

उनले स्वदेशमै केही व्यवसाय गरे स्वरोजगार बन्न सकिने बताएका छन । ‘स्वदेशमा थोरै मेहनत गर्नुुपर्छ, खटेर काम गर्नुपर्छ जिविकोपार्जन राम्ररी गर्न सकिन्छ’ उनले भने ।
विगत ८ वर्षदेखी ट्याक्सी चलाउदै आएका सुवास लामाले आफुले ट्याक्सी चलाएरै जिविकोपार्जन गरिरहेको बताए । ‘काठमाण्डौमा भाडाँमा परिवारसहित बस्दै आएको छुु’ उनले भने ‘आम्दानीको स्रोत यही ट्याक्सी मात्रै हो, यसैले परिवारको दैनिक जिविकोपार्जन भैरहेको छ ।’ तर विगतको तुलनामा व्यवसायमा केही कमी आएको उनले बताए । ‘पहिले प्रतिष्पर्धा धेरै थिएन, राम्रो आम्दानी हुन्थ्यो’ उनले भने ‘तर आजकल ट्याक्सी बढी भैसके, भएन भनेर यो पठाओले पनि समस्या गरेको छ ।’ उनले ट्याक्सीहरुको व्यवस्थापनका लागि एउटा समिति गठन गरिएको भएपनि समितिवालाहरुको मनोमानीका कारण त्यसमा धेरै कम ट्याक्सीहरु आवद्ध भएका बताए ।

देशमा बेरोजगारीको संख्या बढीरहेका बेला ट्याक्सी चलाउने व्यवसायले बेरोजगारीको समस्या पनि समाधान गरेको छ । खटिएर काम गर्ने मानिसले ट्याक्सी चलाएरै राम्रो आम्दानी गर्ने गरेका छन । तर ट्याक्सी व्यवसायलाई फेसनको रुपमा हेर्ने मानिसहरुले भने धोका पनि खानुपरेको तामाङ्गले बताए । शहरमा ट्याक्सी चलाउने व्यवसाय फस्टाएको भएपनि व्यवस्थापन भने हुन सकेको छैन । निश्चित रकम नतोकिदा यात्रुहरुले ट्याक्सी चालकहरुको मनोमानी रकम तिर्नुपर्ने बाध्यता रहेको छ । ट्याक्सी चलाउने व्यवसायलाई व्यवस्थापन गरी निश्चित नियम कानुनमा बाध्न सके यो व्यवसायमा युवाहरुको आर्कषण अझै बढ्ने देखिन्छ ।