खाेज्नुहाेस

दुर्गालक्ष्मी नमूना माविको प्राङ्गण जलमग्न

Image

अत्तरिया – सोमबार देखि परेको वर्षाका कारण कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविको भवनको प्राङ्गण जलमग्न बनेको छ । दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयको आधारभूत तह नजिक रहेको पुरानो भवनको प्राङ्गण वर्षाका कारण जलमग्न बनेको हो । उक्त भवन अगाडी रहेको मैदानमा विद्यार्थीहरुले भलिबल लगायतका खेलहरु खेल्दै आएका थिए । प्राङ्गण जलमग्न बन्दा भवनभित्र छिर्ने समेत बाटो समेत बन्द भएको छ ।

विद्यालयको अगाडी पट्टि रहेको भीमदत्त राजमार्गमा नाली छैन भने र उत्तरपट्टिको नालाको पानी पनि सोही ठाउँमा आएर जम्मा हुने गरेको छ । स्थानीय बस्तीको पानी निकास गर्न बनाइएको नालाको पानी विद्यालयको भवन अगाडी टुङ्गिएको छ । विद्यालयको आधारभूत तहको भवनसँगै जोडिएको बाटोमा नाली निर्माण गरिएको छ । तर उक्त नालीको पछाडी पानी निकासको ठाउँ राखिएपनि निकास पट्टिको भाग उचाईमा हुँदा उक्त नालीबाट समेत पानी विद्यालयको अगाडी जम्मा हुने गरेको छ । राजमार्गबाट भित्र जाने बाटोले गर्दा पनि उक्त क्षेत्र जलमग्न बनेको विद्यालयले जनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले विद्यालयको बीचमा बनेको बाटोमा हालिएको होमपाईप बन्द हुँदा पानीको निकास हुन नपाएको बताए । ‘भवनको अगाडी फोहोर गर्न थाले भनेर माटो भरेका थियौँ’ उनले भने ‘सो माटोले गर्दा ह्युमपाईप बन्द भएको छ, खोल्ने साधन नभएका कारण खोल्न पाएका छैनौ ।’ उनले अब वर्षायाम सुरु भएकाले उक्त ह्युमपाईप तत्कालै खोलिने बताए ।

वर्षायाम सुरु भैसकेपनि विद्यालयले भने विद्यालय भवन अगाडी पानी निकास हुने ह्युमपाईप आफैले बन्द गरेको छ । ह्युमपाईप थुनिएको स्थानमा विद्यालय पछाडी रहेका स्थानीयहरुले फोहोर फाल्दै आएका थिए । विद्यालयको भवन अगाडी नै फोहोर हुन थालेपछि रोकथामका लागी माटो भरानको काम गरेको विद्यालयले जनाएको छ । तर उक्त माटो भरानले फोहोर फाल्ने काम रोकिएको भएपनि त्यसले अर्काे समस्या नित्याएको छ । माटो भरान गर्दा विद्यालय प्रशासनले ध्यान दिन नसक्दा अहिले भवन अगाडी जलमग्न बन्ने अवस्था आएको हो ।

उक्त भवनमा हाल अध्यापन हुने गरेको छैन, तर विद्यार्थीहरुले खेलकुदका लागी उक्त भवन अगाडीको खेलमैदान प्रयोग गर्दै आएका छन । पानीको निकास नभएर भवन अगाडी जलमग्न बन्दा पानी नसुकुन्जेल सम्म खेलकुदका कार्यहरु गर्न सकिने अवस्था छैन् ।

attariya technical collage