खाेज्नुहाेस

गोदावरीको बेरुजु रकम ६ करोड बढी, पदाधिकारीको सेवासुविधामा डेढ करोड खर्च

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको बेरुजु रकम ६ करोड भन्दा बढी रहेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन २०७९ ले नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु रकम ६ करोड ६२ लाख ७४ हजार रुपैया रहेको देखाएको हो ।

महालेखा परिक्षकको कार्यालयका अनुसार बेरुजु रकम मध्ये नगरपालिकाले असुल गर्नुपर्ने ६२ लाख ५१ हजार देखिएको छ भने प्रमाण कागजात पेश गर्नुपर्ने ३ करोड ९१ लाख र नियमित गर्नुपर्नेमा २ करोड ३९ लाख २४ हजार रहेको देखिएको छ । नगरपालिकामा पेश्कि फछ्र्याैट गर्न बाँकी रहेको रकम २५ लाख ५ हजार रहेको देखिएको छ । उक्त रकम आर्थिक वर्षको अन्त्य सम्म फछ्र्याैट नभएकाले बाँकी देखिएको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

add everest academy
attariya hospital

पदाधिकारीको सेवासुविधामा मात्रै करिब डेढ करोड खर्च

पालिकामा करिब डेढ करोड रुपैया पदाधिकारीहरुको सेवासुविधामा मात्रै खर्च भएको छ । महालेखाको प्रतिवेदन अनुसार नगरपालिकाले १ करोड ४२ लाख ५१ हजार रुपैया पदाधिकारीहरुको सेवा सुविधावाफत खर्च गरेको छ । जसमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सभाका सदस्यहरुमात्रै रहेको जनाईएको छ ।

यस्तै नगरपालिकाको स्वकिय सचिव राखेको विषयमा पनि महालेखाले बेरुजु देखाएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार ऐन विपरित राखिएको नगरप्रमुखको स्वविय सचिवमा ३ लाख ९३ हजार ६ सय रकम भुक्तानी गरिएको देखिएको र यस्तो कार्यमा नियन्त्रण गरिनुपर्ने बताईएको छ ।

attariya technical collage
navjiwan hospital

नगरपालिकालाई करारका कर्मचारीहरुको संख्या बढी भएकाले कार्यबोझको आधारमा दरबन्दी अद्यावधीक गर्न र कानुन बमोजिम रिक्त कर्मचारी पदपुर्ति गर्ने तर्फ ध्यान पु¥याउनपनि निर्देशन दिईएको छ । यसैगरी नगरपालिकाले आन्तरिक आम्दानी पनि पारदर्शी नगरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाले राजश्व सफ्वेयरमा कम देखाएको र विवरणका आधारमा बढी राजश्व संकलन भएकाले नगरपालिकाको आय विवरण यथार्थपरक नरहेको महालेखाले बताएको छ ।

राजश्व तथ्यांकबाट ६ करोड ७ लाख ९ हजार आन्तरिक आय देखाएको नगरपालिकाको यथार्थ आय ७ करोड १७ लाख ४२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसका साथै नगरपालिकाले विभिन्न ७ शिर्षकमा आम्दानी भएको नै नदेखाएको महालेखाले जनाएको छ । नगरपालिकाले नगदी रसिदको विषयमा पनि बेईमानी गरेको देखिएको छ । नगरपालिकाले १ देखी ९ हजार ३ सय सम्मका एउटै नम्बरका नगदी रसिदहरु छपाई गरेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

विविधमा १३ लाख खर्च

नगरपालिकाले विविध खर्च वाफत १३ लाख भन्दा बढी रकम खर्च गरेको देखिएको छ । नगरपालिकाले प्रयोजन नखुलाई विविध खर्च भनेर मात्रै १३ लाख ६३ हजार ६ सय ३७ रुपैया खर्च गरेको देखिएको हो । महालेखाको प्रतिवेदनले विविधका नाममा प्रयोजन नखुलाई होटलहरुको विलको आधारमा उक्त रकम खर्च भएको देखिएको जनाएको छ ।

त्यसका साथै नगर सभा सञ्चालनको खर्चवाफत नगरपालिकाले ३० लाख रुपैया खर्च गरेको बताईएको छ । सभा सञ्चालनका लागी नगरपालिकाले ३० लाख १० हजार ६ सय ८५ रुपैया खर्च गरेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

यस्तै सवारी मर्मत खर्चमा नगरपालिकाले २६ लाख ८७ हजार ५ सय ३४ रुपैया खर्च गरेको देखिएको छ । यस्ता खर्चहरुमा सुधार हुनुपर्ने महालेखाले जनाएको छ ।