खाेज्नुहाेस

मोहनापुल–अत्तरिया ६ लेन सडक : गोदावरीक्षेत्रमा कहिले बल्छ स्ट्रिट लाईट

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीले मोहनापुल –अत्तरिया ६ लेन सडकमा स्ट्रिट लाईट (सडक बत्ती) जडान गरेको छ । उपमहानगरको क्षेत्र रहेको ६.६ किलोमिटर सडकमा स्ट्रिट लाईट जडान गरिएको हो । सडक बत्ती जडानले दुर्घटना न्यूनीकरणसँगै सहरी सौन्दर्य बढाएको स्थानियहरुले बताउने गरेका छन । धनगढी उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना अनुरुप उपमहानगरले सडकहरुमा बत्ति जडान गरेको थियो ।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोड्ने ६ लेन सडकको उपमहानगरक्षेत्रमा सडक बत्ति जडान भैसकेपनि गोदावरी नगरक्षेत्रमा भने हालसम्म सडक बत्ति जडान भएका छैनन । उपमहानगरले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनासँग समन्वय गरी दुई करोड ६९ लाख ५८ हजार रुपैयाँको लगानीमा बत्ती जडान गरेको थियो । सडक बत्ती जडानमा उपमहानगरको ६० र सडक बत्ती प्रर्वद्धन आयोजनाको ४० प्रतिशत लगानी रहेको छ ।

add everest academy
attariya hospital

आफ्नो क्षेत्रभित्र उपमहानगरले सडक बत्तिले झिलिमिली बनाईरहदा गोदावरी क्षेत्रको ६ लेन सडक भने रातीको समयमा अन्धकार बन्ने गरेको छ । रातीको समयमा धनगढीबाट अत्तरिया आउने यात्रुहरुले ६ लेन सडकमै धनगढी र गोदावरीमा भैरहेको विकासको अनुभुती गर्ने गरेका छन । सेन्सर युक्त उक्त सडक बत्तीहरु राती परेपछि आफै बल्ने र उज्यालो भएपछि आफै निभ्ने किसिमका छन । सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता समेत बढाएको छ ।

गोदावरी क्षेत्रमा लाईट जडान कहिले ?

navjiwan hospital

धनगढीले आफ्नो क्षेत्रभित्र लाईट जडान गरिसकेपनि गोदावरीले भने सुरुवात समेत गरेको छैन । नगरपालिकाको कार्यपालिका बैठकले ६ लेन सडकमा स्ट्रिट लाईट जडान गर्ने निर्णय गरिसकेको भएपनि त्यसपछिको प्रकृया सुरु भएको छैन ।

attariya technical collage

नगरपालिकाको फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपि फ्लोर मिलदेखी अत्तरिया चौराहासम्मको ५.७ किलोमिटर ६ लेन सडकमा स्ट्रिट लाईट जडान गर्ने निर्णय गरेको थियो । जसका लागी नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौ सँग लागत साझेदारी गर्ने बैठकले निर्णय गरेको थियो ।

बैठकले नगरपालिकाको ६० प्रतिशत र राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजनाले ४० प्रतिशत लागत साझेदारीमा स्मार्ट स्ट्रिट लाईट जडान गर्ने निर्णय गरेको एक महिना भन्दा बढी समय भैसकेपनि उक्त विषयसम्बन्धी बाँकी प्रकृया सुरु नै भएको छैन । नगरपालिकाका ईन्जिनियर जनक खड्काले कार्यपालिकाको बैठकपश्चात नै नेपाल विद्युत प्राधिकरणलाई लागत साझेदारीका लागी पत्र पठाईसकिएको बताए । उनले फागुन २६ गते विद्युत प्राधिकरणमा पत्र पठाईएको भएपनि विद्युत प्राधिकरणले निर्णय गर्नमा ढिलाई गरेको बताए ।

उनले विद्युत प्राधिकरणले मन्त्री स्तरिय बैठक बस्नुपर्ने हुँदा मन्त्री नै नभएपछि बैठक बस्न नसकेकाले निर्णय प्रकृयामा ढिलाई भएको बताए । ‘हामिले फागुन २६ गते नै विद्युत लाई पत्र पठाईसकेका छौ’ उनले भने ‘विद्युत प्राधिकरणको पनि ४० प्रतिशत लागत साझेदारीका लागी मन्त्रिस्तरिय बैठक अनिवार्य बस्नुपर्दाे रहेछ, त्यसैले ढिलाई भएको हो ।’ उनले केही दिन अघी मात्रै उर्जा मन्त्रीको पदबहाली भैसकेकाले सम्भवत अब चाडै निर्णय हुने बताए ।

ईन्जिनियर खड्काका अनुसार विद्युत प्राधिकरणले लागत साझेदारीका लागी निर्णय गरेलगत्तै निर्माणका लागी ठेक्का प्रकृया सुरु हुनेछ । विद्युत प्राधिकरणका अनुसार स्ट्रिट लाईट जडानका लागी २ करोड ८६ लाख ८५ हजार रुपैया लगानी लाग्ने देखिएको खड्काले बताए । जसमा नगरपालिकाले ६० प्रतिशत र विद्युत प्राधिकरणले ४० प्रतिशत बेहोर्ने भएको छ ।