अत्तरिया – भारतको हल्दानीबाट आएकी पदमकला पाण्डे अत्तरियामा बेहोस अवस्थामा फेला परेकी छिन । भारतबाट श्रीमान संगै शनिबार साझ महेन्द्रनगर पुगेकी पदमकला आइतबार बिहान गोदावरी नगरपालिका – ६ लालपुर नजिकै बेहोस अवस्थामा फेला परेकी हुन ।
कालिकोट घर भएकी पदमकलाकी नन्द कैलालीको लम्कीकी लक्ष्मी कुमारी पाण्डेका अनुसार भारतबाट महेन्द्रनगर पुगेका उनीहरुलाई महेन्द्रनगरमा भारतबाटै संगै आएका ४ जनाले जुस खुवाएका थिए । जुस खाएपनि पदमकला बेहोस भएकी थिइन । उनले भाउजुको गरगहना पनि लुटपाट भएको बताएकी छिन ।


उनलाई बिहान लालपुरमा पुर्वपश्चिम राजमार्ग किनारामा स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए । स्थानीय शंकर खड्काले बिहान ४ बजेको समयमा उनलाई राजमार्ग देखि केही भित्र फेला पारेको बताए । उनले बेहोस अवस्थामा भेटिएकी नन्दकलाई प्रहरीको सहयोगमा उद्दार गरी पदमा अस्पतालमा भर्ना गरिएको बताए ।
उनको अहिले पदमा अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले के कारणले उनी बेहोस भइन् भन्ने बारेमा खुल्न नसकेको जनाएका छन ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बिहान अचेत अवस्थामा एक्लै भेटिएकी पदमकलाका आफन्त अहिले सम्पर्कमा आइसकेको बताएका छन । उनी संगै श्रीमान पनि आएको भनिएपनि उनको बारेमा कुनै जानकारी पाप्त नभएको डिएसपी बरालले बताए ।


















