खाेज्नुहाेस

वनको व्यवस्थापनका लागी टोल टोलमा सुझाव पेटिका

Image

अत्तरिया – सामुदायिक वनलाई व्यवस्थीत बनाउन कैलालीको एक वन उपभोक्ता समितिले टोल टोलमा सुझाव पेटिकाहरु राखेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ४ बास्कोटामा रहेको बास्कोटा सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताको सुझावहरु संकलन गर्ने योजना अनुरुप उक्त पेटिकाहरु टोलटोलमा राखेको हो ।

सामुदायिक वनमा रहेका उपभोक्ताहरुलाई वनको व्यवस्थापनका लागी आवश्यक पर्ने सुझावहरु दिन साधारण सभा नै कुर्नुपर्ने अवस्था नहोस भन्नका लागी वनका उपभोक्ताहरुका टोल टोलमा उक्त सुझाव पेटिका राखिएको सामुदायिक वनकी अध्यक्ष कुन्ती जोशीले जानकारी दिईन् । उनले ४ वटा टोलहरुमा सुझाव पेटिका राखिएको बताईन् । उनका अनुसार वनको चार वटै किल्लाहरुमा रहेका उपभोक्ताहरुका समस्या, उनिहरुका गुनासाहरु बुझ्नका लागी उक्त सुझाव पेटिकाहरु राखिएका हुन । आफुहरु समितिमा नयाँ पनि भएकाले आफुहरुको उपभोक्ताहरुका सुझावले आफुहरुको मार्गदर्शनमा पनि सहजता हुने विश्वास लिएको उनले बताईन ।

add everest academy
attariya hospital

‘हामी सबै वनका रक्षक हौ’ नाराका साथ उक्त सुझाव पेटिकाहरुमा प्रत्येक टोलका अलग अलग नम्बर राखिएको छ । सुझाव पेटिकामा वनमा गोठाला भए नभएको, वनमा वृक्षारोपणका तथा अन्य विभिन्न सामुदायिक वनको सुरक्षा र व्यवस्थापनका लागी आवश्यक पर्ने सुझावहरु राख्न सकिने जनाईएको छ । ‘वनमा दुई जना वन हेरालुहरु राखेका छौ’ अध्यक्ष जोशीले भनिन् ‘ति वन हेरालुले पनि वनको हेरचाह कस्तो किसिमले गरिरहेका छन, नयाँ टिम भएकाले वनको उचित व्यवस्थापनका लागी के कस्ता कामहरु गर्न सकिन्छ भन्ने सुझावहरु उपभोक्ताबाट पाउने हामीले अपेक्षा गरेका छौ ।’

करिब ३ महिना पहिलेदेखि राखिएका उक्त सुझाव पेटिकाहरु प्रत्येक हप्तामा खोलिने गरिएको छ । अध्यक्ष जोशीले सुझाव पेटिकाहरु राखेका क्षेत्रहरुमा उपभोक्ता समितिका पदाधिकारीहरु पनि भएकाले उनिहरुले सुझावहरु संकलन गर्ने गरेको बताईन । सुझाव पेटिका राखेको ३ महिना भएपनि अपेक्षा गरेअनुसारका सुझावहरु कुनै पेटिहरुमा पनि नभेटिएको उनको भनाई रहेको छ । उनले चार वटै सुझाव पेटिकाहरुमा १/२ वटा सुझावहरु मात्रै आएको र ति सुझावहरु सामुदायिक वनको हितका लागी रहेको बताईन् ।

navjiwan hospital

करिब २०५५ सालतिर स्थापना भएको उक्त सामुदायिक वनमा यसअघिको कार्यकालमा मान बहादुर साउँद अध्यक्ष रहेका थिए । उनले सामुदायिक वनको हेरचाहका लागी वनक्षेत्रको चारैतिर तारजाली गरेका थिए भने सामुदायिक वनको क्षेत्र छुट्याउने काम समेत गरेका थिए । यही पुष ९ गते सम्पन्न भएको साधारण सभाबाट जोशीको अध्यक्षतामा सामुदायिक वनको नयाँ कार्यसमिति चयन भएको थियो । उक्त कार्यसमितिले नै टोलहरुमा सुझाव पेटिका राख्ने निर्णय गरेको थियो ।

attariya technical collage

सामुदायिक वनको क्षेत्रमा रहेका खोलानालाहरुमा तटबन्ध गर्ने, वन्यजन्तुहरुको सुरक्षाका लागी खानेपानिको व्यवस्थापन गर्ने लगायत वनको सुधारका पक्षहरु औल्याएर सोही अनुसार कार्य गर्ने आगामी योजना रहेको अध्यक्ष जोशीले बताईन् । उनले विगतको समितिले वनको हितका लागी नै कार्य गरेको बताईन् । उनले वनमा आवश्यक स्थानमा तारबार गर्ने, वनलाई हराभरा बनाउन वनभित्र नर्सरी निर्माण गर्ने, सामुदायिक वनको गेट निर्माण गर्ने लगायतका योजनाहरु रहेको बताईन् ।

सीपमुलक तालिम सञ्चालन गर्ने योजना

वनलाई व्यवस्थित बनाई आम्दानी गर्न सके वनका महिला उपभोक्ताहरुलाई सीपमुलक तालिम दिने योजना उक्त सामुदायिक वनले लिएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाई उनिहरुको आयआर्जनमा सहजता ल्याउनका लागी समितिले महिलाहरुका लागी सीपमुलक तालिम सञ्चालन गर्ने जनाएको छ । वनकी अध्यक्ष जोशीले महिलाहरुलाई व्यवसायीक रुपमा अगाडी बढाउन सामुदायक वनमार्फत विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्ने योजना रहेको बताईन् ।

‘पछिल्लो समय बेरोजगारीका कारण कतिपय महिला दिदिबहीनीहरु आर्थिक विपन्नताका कारण समस्यामा परेका छन’ उनले भनिन् ‘सामुदायिक वन व्यवस्थित भएर यसले आम्दानी गर्न सके त्यस्ता महिलाहरुको आयस्तर माथि उकास्न हामिले सीपमुलक तालिम दिने सोच बनाएका छौ ।’ उनले महिलाहरुलाई सिलाई कटाई, टपरी बुनाई, तरकारी खेती लगायतका महिलाहरुलाई सहजै रुपमा सिकाउन सकिने र व्यवहारमा प्रयोग गर्न सकिने खालका तालिमहरु सञ्चालन गरिने बताईन् ।