गोदावरीको खोला अतिक्रमण हटाउने सूचनाको वेवास्ता, पुनः म्याद थपियो

अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्रमा खोला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन गोदावरी नगरपालिकाले दिएको समयसीमाको वेवास्ता गरिएको छ । नगरपालिको खोला अतिक्रमण गरी बनाएका संरचना आफै हटाउन असोज १२ गते ९० दिने म्याद सहित सूचना जारी गरेको भएपनि कसैले पनि अतिक्रमण हटाएका छैनन् ।

maya metro hospital

पछिल्लो सयम अत्तरिया बजार क्षेत्रमा रहेका खोला अतिक्रमण हुँदै जाँदा बर्षातको समयमा बजार क्षेत्रमा डुवान हुन थालेको छ । डुवानको समस्या बढ्न थालेपछि नगरपालिकाले खोला अतिक्रमण गरी बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो । गोदावरी नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजार क्षेत्रका खोला किनारामा अहिले ठूला– ठूला घर ठडिएका छन् । खोलाबाटै पिल्लर ठड्याएर घर निर्माण गरिएका छन् ।

lotus school

नगरपालिकाले ९० दिन अगाडी यस्ता संरचना हटाउन र, नहटाए कानुन अनुसार कारवाही हुने जनाएको थियो । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले ९० दिने सूचनामा कसैले पनि घर हटाएको बारेमा जानकारी नआएको बताए । उनले खोलानाला हटाउनको लागि पुनः नगरपालिकाबाट म्याद थप गरी सूचना जारी गरिएको बताए ।

attariya hospital

‘पुनः पौष मसान्त सम्म म्याद राखेर सूचना जारी भएको छ’ उनले भने ‘अब १/२ दिनमा नापीबाट मान्छे बोलाएर खोला नालाको क्षेत्र नाप्ने छौ । त्यो अनुसार एकीन गर्दा पनि संरचना नभत्काइएमा नगरपालिकाले हटाउँछ ।’

उनले खोला अतिक्रमण गरेका घरमा गोदावरी नगरपालिकाको नापी कार्यालयबाट चिन्ह लगाएको भएपनि अब नापी कार्यालयबाटै मान्छे झिकाएर चिन्ह लगाइने बताए ।

अत्तरियामा सबैभन्दा बढी अत्तरियाको वरपिपल गल्लीमा खोला अतिक्रमण गरेर घर निर्माण गरिएका छन । नगरपालिकाले सो गल्लीबाटै खोला अतिक्रमण गरी बनाएका घर हटाउने काम सुरु गर्ने जनाएको छ ।

यसअघि नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन जारी गरिएको सूचनाको वेवस्ता गरिएपछि डोजर प्रयोग गरेर संरचना हटाएको थियो । नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा अतिक्रमण गरी बनाएका संरचना हटाउन पनि २ पटक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.