खाेज्नुहाेस

अत्तरिया गोलिकाण्ड : व्यापारीहरुको संयमित आन्दोलन जारी, प्रहरीको अनुसन्धान शून्यमै

Image

अत्तरिया  – यही पुष ३ गते साँझको समयमा कैलालीको अत्तरियाका सुनचाँदी व्यापारी विकास सुनारमाथी गोलि प्रहार गरी उनले बोकेका सुनका गरहगहनाहरु लिएर अपराधी भागे । घटनाको भोलिपल्ट अर्थात पुष ४ गतेदेखि अत्तरियाका सुनचाँदी व्यवसायीहरुले आ–आफ्नो व्यापार व्यवसाय बन्द गरी सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय मालाखेती, जिल्ला प्रहरी कार्यालय कैलाली, अत्तरिया उद्योग वाणिज्य संघ लगायतका विभिन्न निकायहरुलाई ज्ञापन पत्र बुझाए ।

घटनाको अनुन्धान जारी रहेको भनेर बताउदै आएको ईलाका प्रहरी कार्यालय मालाखेतीले ६ दिन बितिसक्दा समेत कुनै क्लु भेटाउन सकेको छैन् । प्रहरीले थालेको अनुसन्धान अझै पनि शून्य मै छ । प्रहरीले विभिन्न एंगलबाट अनुसन्धानको काम भैरहेको बताउदै आएको भएपनि त्यो अनुसन्धानले निष्कर्ष निकाल्न भने सकेको छैन् ।

add everest academy
attariya hospital

गोलिकाण्डको विरोधमा अत्तरियाका व्यवसायीहरु संयमित रुपमा शान्तिपुर्ण आन्दोलन गर्दै आएका छन । अपराधीको खोजीमा प्रहरीको ध्यान केन्द्रित होस भन्ने हेतुले सुरुवाती २ दिनसम्म केही नगरेका व्यवसायीहरुले त्यसपछि मात्रै आन्दोलनका कार्यक्रमहरु सुरु गरेका थिए । व्यवसायीहरुको सुरक्षा र शान्तिपुर्ण रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण सृजना गर्न माग गर्दै आन्दोलनका कार्यक्रमहरु सुरु गरेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए ।

‘सुरुमा अनुन्धानमा डिस्टर्व हुन्छ भनेर हामीले केही गरेनौ, तर दबाव नपुगेर नै अनुसन्धान पनि फितलो भयो’ उनले भने ‘त्यसैले अनुसन्धानका लागी दबाव दिन र दोषीलाई चाडो कानुनको दायरामा ल्याउन माग गर्दै शान्तिपुर्ण आन्दोलन थालेका हौ ।’ उनले विगत ४/६ महिनादेखि अत्तरियामा निरन्तर रुपमा चोरीका घटनाहरु भैरहेपनि चोर पत्ता लाग्न नसकेको बताए । उनले चोरी र लुटपाटको उद्देश्यका कारण नै गोलिकाण्ड भएको पनि बताए । ‘ज्यान मार्ने उद्देश्यका साथ विकासमाथी सांघातिक हमला भएको छ, त्यसका विरुद्ध हामी लागेका हौ’ उनले भने ‘व्यापारीहरु व्यापारमा ताला लगाएर आन्दोलनमा छन, यो घटना चोरी तथा लुटपाटकै लागी भएको हो, त्यसैले यस्ता घटनाहरुमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन हामी माग गर्दछौ ।’

उनले अत्तरियामा दिनानुदिन व्यापारीहरु असुरक्षित भैरहेको बताए । ‘निजी क्षेत्र तथा व्यापारीहरुबाट कर संकलन गरेर सरकार सञ्चालन भैरहेको छ, तर करदाता नै सुरक्षित छैनन्’ उनले भने ‘व्यवसायीको ज्यानको ग्यारेन्टी हुनुपर्छ, बीच बजारमै गोलि काण्ड भएको छ, ज्यान मार्ने उद्देश्यले भएको उक्त घटना एकदमै निन्दनिय छ ।’ उनले प्रहरी प्रशासनलाई व्यपारीको तर्फबाट हुने हरसम्भव सहयोग गर्ने तर प्रहरी प्रशासनले पनि अनुसन्धानलाई तिब्रता दिनुपर्ने बताए ।

attariya technical collage
navjiwan hospital

उनले अझै पनि प्रहरीले अनुसन्धानमा लापरबाही गरे भोलिका दिनमा आन्दोलनले उग्र रुप लिदा त्यसको जिम्मेवार पनि प्रहरी प्रशासन नै बन्नुपर्ने बताए । गोलिकाण्डकै विरोधमा शनिबार बिहान अत्तरिया बजारमा चक्काजाम गरिने बताउदै उनले त्यसपछि थप आन्दोलनका कार्यक्रमहरु जारी गरिने बताए ।

कैलाली सुनचाँदी आभुषण व्यवसायी संघ उपसमिति अत्तरियाका उपाध्यक्ष मनोज सदासंकरले गोलिकाण्ड भएको ५÷६ दिन भैसक्दा पनि सरकारले व्यवासायीलाई सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको बताए । उनले व्यवसायीहरुले ज्यानको सुरक्षाका लागी व्यवसाय सञ्चालन नगरी बन्द गरेर बस्नुपर्ने अवस्था आएको बताए । उनले प्रहरी प्रशासनले पनि व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको आरोप लगाए । ‘पसलहरु बन्द गरेर बस्नुपर्ने अवस्था छ, प्रशासनले सुरक्षाको प्रत्याभुति दिएर व्यापारीहरुलाई पसल सञ्चालनका लागी समेत भन्न सकेको अवस्था छैन’ उनले भने ‘सुरक्षाको ग्यारेन्टी नहुन्जेलसम्म हामीले व्यवसाय सञ्चालन गर्ने छैनौ ।’

उनले व्यापारीहरुलाई प्रशासनले व्यवसाय बन्द गर भन्न खोजेको जस्तो भान भैरहेको बताए । ‘सुरक्षाको प्रत्याभुति दिन सकेको छैन, प्रशासनले हामीलाई व्यवसाय बन्द गरेर बस भन्न खोजेको जस्तो छ’ उनले भने ‘प्रशासनकै लापरबाहीका कारण नै चोरी तथा लुटपाटका घटनाहरुले प्रसय पाईरहेका छन ।’ उनले जबसम्म गोलिकाण्डका दोषी पत्ता लाग्दैनन तबसम्म व्यापार व्यवसाय ठप्प रहने समेत बताए ।

व्यवसायी लोकराज पाण्डे (आगो) ले विकास सुनारको बीच बजारमा हत्या गर्ने मनसायले गोलि हानिदा समेत प्रशासन कानमा तेल हालेर बसेको बताए । उनले आगामी एकदुई दिनभित्र पनि अपराधी पत्ता नलागे आन्दोलनले उग्र रुप लिने समेत बताए । उनले बिचबजारमै एक व्यवसायीमाथी गोलि हानिँदा अत्तरियाको सुरक्षामाथी प्रश्नवाचक चिन्ह खडा भएको बताए । ‘अत्तरियामा प्रहरी बस्ने, आर्मी बस्ने, ट्राफिक बस्ने, सशस्त्र बस्ने तर एक जना व्यापारीको सुरक्षा किन हुन सकेन’ उनले भने ‘यदी सिडियोले सुरक्षाको प्रत्याभुति दिलाउन सक्दैन, अपराधीलाई पक्राउ गर्न सक्दैन भने राजिनामा दिनुप-यो ।’

कैलालीको अत्तरियामा सशस्त्र प्रहरीको बाहिनी देखि करिब १ सय मिटर र इलाका प्रहरी कार्यालयदेखि करिब ७ सय मिटरको बीचमा पर्ने राजमार्ग मै आइतबार गोली चलेको थियो । गरगहनाको झोला बोकेर घर हिडेका सुनचाँदी व्यवसायी विकास सुनारमाथी अज्ञात समुहले २ राउण्ड गोलि प्रहार गरेका थिए ।

गोली चलेको स्थान सशस्त्र प्रहरीको २४ घण्टा ड्युटी हुने हाइपोस्टबाट स्पष्ट देखिन्छ । सो बीचमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय पनि रहेको छ । दिनदाहडै हत्या गर्ने उद्देश्यका साथ हतियारधारीले प्रहरीको आँखै अगाडी गोली बर्षाएर सडकमा लछारेर लुटपाट गरे । लगतै सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी पुगेपनि लुटेरा भने आफ्नो मिसनमा सफल भएर भागिसकेका थिए । प्रहरीकै घेरामा रहने सो क्षेत्रमा भएको हत्या प्रयास र लुटपाटको घटनाले अहिले अत्तरियाको सुरक्षा व्यवस्था कस्तो भन्ने कुरा स्पष्ट पारेको छ ।

यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासुदेव भट्टले अनुसन्धानको कार्य जारी रहेको बताए । उनले प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको र विभिन्न तहबाट अनुसन्धान गरिरहेको बताए । ‘अनुसन्धान जारी छ, विभिन्न तहबाट हामीले अनुसन्धानको काम थालेका छौ’ उनले भने ‘ढिलो चाडो को कुरा हो, बिस्तारै खुल्छ ।’