खाेज्नुहाेस

रातभर घाटी रेटिएर जंगलमा मृत्युसंग लडेकी नेहाको उपचारमा समस्या

Image

अत्तरिया – नेहा लुहार घाँटी रेटिएको अवस्थामा अस्पतालको वेडमा छटपटाइ रहेकी छिन् । ‘हाँस्ने खेल्ने’ उमेरकी नेहा मंगलबार साँझ फुपुको हत्याराको सिकार हुनबाट जोगिएपनि अहिले उनको उपचारका लागि भने परिवारले निकै सघर्ष गरिरहनुपरेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ की सैलोडाकी १५ बर्षीय नेहा मंगलबार बिहान फुपु माया लुहारको यात्राकी सहयात्री बनेर घरबाट निस्किएकी थिइन् । तर, गतब्यमा नपुग्दै दुवै जना हत्याराको पञ्जामा परे । जुन घटनामा मायाले आफ्नो ज्यान गुमाउनु परेको छ भने नेहा घाटी रेटिएको अवस्थामा अस्पतालको वेडमा छटपटाइरहेकी छिन् ।

attariya hospital

‘घाटि रेटेपछि नेहा ढलेकी रहेछिन् । त्यसपछि उसले नेहालाई मरी भनेर छोडेर गएको रहेछ’ नेहाका काका प्रकाश लुहारले भने ‘मंगलबार साँझ ५ बजे भएको घटना पछि नेहाले घर आउने प्रयास गरेपनि आउन सकिनन् । रातभरी जंगलमै बसिन् ।’ नेहा अहिले राम्रोसंग बोल्न सकिरहेकी छैनन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

नेहालाई बुधबार बिहान गोठालो गएकाहरुले देखेपछि मात्रै आफन्तले घटना भएको जानकारी पाएका थिए ।

घाइते नेहाको वयानका आधारमा प्रहरीले शिवनाथ गाउँपालिकाका एक जना सशस्त्र प्रहरीलाई शंकाको घेरामा राखेको छ । तर, उनी सम्पर्क बिहिन भएकाले प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

navjiwan hospital

मृतकका दाई प्रकाशका अनुसार प्रहरीको शंकाको घेरामा रहेका ति सशस्त्र प्रहरीले नै केही दिन अघि मायाको फोन आफूसंगै लगेर गएका थिए । फोन लिन बोलाएरै ति व्यक्तिले उनको हत्या गरेको प्रकाशले बताए । ‘कुलाउ लुगा सिलाउन गइरहेको थाहा पाएपछि ती व्यक्तिले फोन लगेर जाउँ भन्दै शिवनाथ मन्दिरमा बोलाएका रहेछन्’ नेहाको भनाइलाई उदृत गर्दै उनले भने ‘त्यहाँ पुगेपछि विवाद हुँदा हत्या भयो ।’ ती युवक र माया बीच पहिले देखि चिनजान रहेको थियो ।

‘ति दुवै बीच प्रेम सम्बन्ध थियो । ती युवकले मायाको फोन चेक गर्न लगेका रहेछन्’ पञ्चेश्वर गाउँपालिकाका एक वडा सदस्यले भने ‘फोन लग्न बोलाएका युवक र माया बीच के– के विवाद भयो भन्ने खुलेको छैन ।’

मृतक माया लुहारको शव

अहिले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ । उनले संकास्पद व्यक्तिको पहिचान गरिसकिएको भएपनि पक्राउ नपरेको बताए । उनले भने ‘हामी अपराधिको एकदमै नजिक पुगिसकेका छौ । पक्राउ गर्नको लागि हामी अहिले घटनास्थलमै छौ ।’

उपचारमा आर्थिक समस्या

घरको आर्थिक अवस्था कमजोर भएकी नेहाको उपचारका लागि समस्या भइरहेको आफन्तले बताएका छन । नेहाको उपचार लागि डडेल्धुरा अस्पतालमा रहेका उनका काका प्रकाशले घरबाट १५ हजार लिएर आएको भएपनि त्यो रकम सकिएपछि उपचार गर्नको लागि समस्या भइरहेको बताए ।

‘एम्बुलेन्सको भाडा तिरेर बचेको केही रकम पनि सकिएको छ’ उनले भने ‘थप खर्च कति लाग्ने हो भन्ने पनि थाहा छैन ।’ उनका अनुसार नेहाको घाटिको अपरेशन गरिने छ । उनले उपचारको सहयोगको लागि अनुरोध गरेपछि अहिले सम्म कतैबाट सहयोग नपाइएको बताए ।