नेपालको टी २० वरीयता एक स्थान तल खस्कियो

नेपाली क्रिकेट टिमको टी २० वरीयता खस्किएको छ । आइसिसीले सोमबार जारी गरेको वरीयतामा नेपाल एक स्थान खस्किएको हो ।यसअघि १४औं स्थानमा रहेको नेपाल हाल १५औं स्थानमा पुगेको छ । वरीयता खस्किएसँगै सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि कमजोर बनेको छ । यसमा १२ टिम सोझै प्रतियोगिता छनोट हुनेछन् ।

bishal shuit house

हाल नेपाली राष्ट्रिय टिम टी २० र एकदिवसीय शृंखलाको लागि केन्या भ्रमणमा रहेको छ । नेपालले केन्यासँग पाँच टी २० खेलको शृंखला खेल्ने तालिका छ । शृंखलामा नेपाल २–१ ले अघि छ ।

joshi vada pasal 2

नेपालले पहिलो खेलमा केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.