
धनगढी– नेपाल निर्माण व्यवसायी महासंघको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलालीका व्यवसायी प्रकाश सेठी विजयी भएका छन् ।
बिहीबार सम्पन्न महासंघको निर्वाचनबाट निर्माण व्यवसायी सेठी ४७ मतसहित विजयी भएका हुन् । सेठीले प्रतिद्वन्द्वी भीमबहादुर पाललाई पराजित गरे । पालले ३६ मत मात्रै प्राप्त गरेका छन् ।
महासंघको उपाध्यक्षमा विजयी भएपछि सेठीले निर्माण व्यवसायीको हक हितको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्वता जनाएका छन् ।
यस्तै, नेपाल निर्माण व्यवसायी महासंघको खुला केन्द्रीय सदस्यमा कैलालीका लक्ष्मण साउँद विजयी भएका छन् । बिहीबार सम्पन्न भएको चुनावबाट साउद केन्द्रीय सदस्यमा विजयी भएका हुन् । साउद निर्माण व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश उपाध्यक्ष पनि हुन् ।


















