धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ स्थित बन कार्यालय नजिकैको डुडेझारी सडक खण्डमा सुपप्र०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक ३५ वर्षीय रमेश शाहीलाई उपचारका लागि टिकापुर अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन्।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















