खाेज्नुहाेस

सहकारी घाउको मलम पट्टी बनेको छ : अध्यक्ष ओझा

Image
अत्तरिया – विश्वज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष खेमा देवी ओझाले सहकारी घाउको मलम पट्टी जस्तै बनेको बताएकी छिन । सहकारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सहकारी आफ्नो क्षमता अनुसार सबै महिला दिदीबहिनीलाई समेटेर सेवा दिइरुहेको बताइन ।
holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital
‘हामीले छरिएर रहेको पुँजीलाई एकीकृत गरेर हामीले सहकारी स्थापना गरेका  थियौ’ उनले भनिन् ‘हामीले महिला दिदीवहिनीहरुलाइ उत्पादन गर्न लगाउने र उनीहरूको उत्पादन विक्री गर्न सहजीकरण गर्दै आएका छौ । पहिला महिला चलाउन नसक्ने महिला पनि अहिले लाखौँ रकम लगेर व्यवसाय सञ्चालन गरिरहनु भएको छ ।’
navjiwan hospital
उनले सहकारीले एकातिर अर्थको पाटो अर्कोतिर महिला दिदीवहिनीहरुको नेतृत्व विकासमा भूमिका खेलेको बताइन ।
भिडियो