खाेज्नुहाेस

आइपिएलमा सनराइजर्स विजयी, कोलकोताको लगातार दोस्रो हार

Image

काठमाडौं – जारी आइपिएलमा सनराइजर्स हैदरावादले कोलकोता नाइटराइडर्सलाई पराजित गरेको छ ।

विहिबार राति सम्पन्न खेलमा सनराइजर्सले कोलकोतालाई ६५ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २२७ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो ।

attariya hospital
navjiwan hospital

कोलकोताका लागि अंगकृष् रघुबंशीले सर्बाधिक ५२ रन बनाए भने रिंकु सिंहले ३५ र फिन एलेनले २८ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर जयदेव उनदकटले ३ विकेट लिए भने इशान मालिंगा र नितिश कुमार रेड्डीले २-२ विकेट लिएका छन् ।

यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै २२६ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले ५२ रन बनाए भने अभिषेक शर्माले ४८, ट्राभिस हेडले ४६ र नितिश कुमार रेड्डीले ३९ रन बनाएका थिए । त्यस्तै कोलकोताका कारण ब्लेसिङ मुजाराबानीले ४ विकेट लिएका थिए ।

सनराइजर्सको यो दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै कोलकोताले भने लगातार दोस्रो हार बेहोरेको छ ।