धनगढी – कैलालीमा विचौलियाको भूमिका खेलेको आरोपमा मालपोत र यातायातबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय धनगढी बाहिर अनुमति बिना लेखापढी व्यवसाय गर्दै बिचौलियाको भूमिका खेलेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले यातायात व्यवस्था कार्यालयबाट ६ र मालपोत कार्यालय बाहिरबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए ।


मालपोत कार्यालय धनगढीबाट पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सुन्दाशु राना, धनगढी–१ बस्ने ३५ वर्षका रविन्द्रकुमार देउवा, धनगढी–४ बस्ने २५ वर्षकी उर्मिला राना, धनगढी – ६ बस्ने ३५ वर्षकी शान्ती मल्ल, धनगढी–१ बस्ने ४२ वर्षका युवराज खतिवडा र घोडाघोडी–११ बस्ने २६ वर्षका आशिष चौधरी रहेका छन ।
यस्तै यातायात कार्यालयबाट धनगढी उपमहानगरपालिका की २२ वर्षीया पार्वती जोशी, वडा नम्बर १३ की २५ वर्षीया सीता राना, सोही स्थानका २८ वर्षीय दिनेश राना, धनगढी–७ बस्ने ४२ वर्षीय रामनारायण चौधरी, ५ बस्ने ३८ वर्षीय जगत थापा र कैलारी गाउँपालिका–३ का ३८ वर्षीय रामेश्वर चौधरी पक्राउ परेका छन ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ।
सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















