खाेज्नुहाेस

बेलौरीबाट लागू औषध सहित २ जना पक्राउ 

Image
बेलौरी – कञ्चनपुरको बेलौरीबाट प्रहरीले लागू औषध ब्राउन सुगर २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण शाखा धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ३ दशमलव ६९० ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।
attariya hospital
सोमबार बेलौरी नगरपालिका ६ हात्तिबोझाबाट सोही ठाउँ बस्ने ४० वर्षीय सुरेश बडायकलाई प्रहरीले ३१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ ।
navjiwan hospital
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार उनको घरमा खानतलासी गर्दा लागु औषध भेटिएको थियो । बडायक सोही ठाउँमा कटेज सञ्चालन गर्दै आइरहेका थिए ।
त्यस्तै प्रहरीले बेलौरी नगरपालिका ८ बाट सोही ठाउँ बस्ने ३४ वर्षीय हरिकिसन रानालाई ३ ग्राम ३८० ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ परेका राना यसअघि लागु औषधकै मुद्दा कारागार चलान भएका व्यक्ति हुन ।
पक्राउ परेका दुवैलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।