खाेज्नुहाेस

अत्तरियामा बालेन शाह : एक घण्टा अघि पुगे, १० मिनेटमै गए

Image

अत्तरिया – दिउँसा १२ बजे अत्तरियामा पुग्ने कार्यसूची भए पनि रास्वपाका वरिष्ठ नेता बालेन शाह मंगलबार बिहान ११ बजे अत्तरियामा पुगे ।

उनी चौमालाबाट पश्चिम तर्फ लागेको थाहा पाएपछि हतार हतार अत्तरियामा चोकमा उनका समर्थक जम्मा भएका थिए । अत्तरिया चोकमा गाडी भित्रबाटै समर्थकलाई अभिवादन गरेका बालेन रास्वपाको धनगढी रोडमा रहेको पार्टीको क्षेत्रीय सचिवालय भित्र ५ मिनेट बिताए ।

attariya hospital
navjiwan hospital

पार्टी कार्यालयमा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार खेम राज कोइराला सँग छोटो संवाद गरेका उनी पार्टी कार्यालयमा राखिएको घण्टी बजाएर धनगढी तर्फ लागेका थिए ।

करिब १० मिनेट अत्तरियामा बिताएका उनलाई उपस्थित दर्शकले घेरेका थिए ।

उनी चुनावी अभियान अन्तरगत सोमबार नेपालगन्ज पुगेर मंगलबार बिहान कैलाली आएका थिए । बिहान बदिर्याको राजापुरबाट हुँदै, अत्तरिया पुगेका उनी धनगढी हुँदै आजै कञ्चनपुरका निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको छ । उनी भोलि सुदूरपश्चिमका पहाडी जिल्लातर्फ जाने बताइएको छ ।