अत्तरिया – कैलालीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका र त्रिवेणी युवा क्लबद्धारा सञ्चालीत सुपप्र ०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सले खुटिया पुलमा रोकिएको ट्याक्टरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । सोमबार राती साढे ९ बजेको समयमा तेल सकिएर रोकिएको ट्याक्टर सँगै उभिएका कैलारी गाउँपालिका– ५ का ३० वर्षीय अक्षय चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

धनगढीबाट सुखडतर्फ जाँदै गरेको घोडाघोडी – १ का २५ वर्षीय प्रवेश चौधरीले चलाएको एम्बुलेन्सले रोकिएको अवस्थामा रहेको लु ५ त ३२२ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचाको क्रममा साढे दश बजे राती निर्सग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि ट्याक्टरमा काम गर्ने गोदावरी – ९ का ६० वर्षीय साँकी चौधरी घाइते भएका छन् । उनको निर्सग अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी जनाएको छ ।
दुर्घटनामा एमबुलेन्समा पनि क्षति पुगेको छ । ट्याक्टरका चालक तेल लिन गएको अवस्थामा दुर्घटना भएको हो । सामान्य घाइते भएका एम्बुलेन्स चालकलाई नियन्त्रमा लिएर घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















