सन्तोष पन्त, बेलौरी -बेलौरी नगरपालिकाको कृकेट टिम तयार गर्न बेलौरी नगरपालिकाले बिद्यालय स्तरीय टि-२० कृकेट प्रतियोगिता आयोजना गरेको छ । माघ १० गतेबाट नगर खेलकुद समितीले टि-२० क्रीकेट प्रतियोगिता आयोजना गरेको हो ।
खेलकुद समितिका सद्स्य तेज बहादुर चन्दले १५ माघबाट जिल्लामा नगर स्तरीय क्रीकेट प्रतियोगिता संचालन हुने भएकोले सोहिका लागि टिम तयार पार्न बिद्यालय स्तरीय क्रीकेट प्रतियोगिता सन्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार टिममा ५ जना यु-१९ उमेर समुहका खेलाडी राख्नैपर्ने प्रावधान राखिएको छ । बाकी खेलाडी जुनसुकै उमेर समुहको भएपनि हुने छ । जसका लागि हिजो समितीले छनोट क्याम्प पनि राखेको थियो । बाकी छुटपुट रहेका खेलाडीका लागि १५ गते फेरि क्याम्प राखिने चन्दले बताए ।

१० गतेबाट सुरु भएको क्रीकेट प्रतियोगितमा ९ टिमको सहभागिता रहेको छ । १६ माघमा सहिद दिवसको अवसरमा प्रतियोगिताको समापन हुने छ । खेल लेदर बलबाट खेलाईदै छ ।
प्रतियोगिताको उपाधी उचाल्ने टिमलाई ३० हजार ,उपबिजेतालाई २० हजार सहित ट्रफी मेडल प्रामण पत्र प्रदान गरिने खेलकुद समितीले जानकारी दिएको छ । त्यस्तै सेमिफाइनल पुग्ने टिमलाई पनि पुरुस्कारको व्यवस्था रहेको छ ।
यस अघि मंसिर १५ गते खेलकुद समितीले मेयर कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । सोही प्रतियोगितामा १८ गते १ र १० नम्बर बडा बीच भएको खेलमा बिवाद हुदा खेलाडी गम्भीर घाईते भएका थिए ।
१० नम्बरका खेलाडी करन पाल माथी मैदान मै प्रवेश गरि कुटपिट भएपछि प्रतियोगिता रोकिएको थियो । रोकिएको प्रतियोगिता अनिश्चित भएको छ ।
















