खाेज्नुहाेस

लागू औषध नियन्त्रणमा बेलडाँडी प्रहरीले बढायो सक्रियता, २३ जना पक्राउ

Image

बेलडाँडी – कञ्चनपुरको बेलडाँडी प्रहरीले लागू औषध नियन्त्रणमा सक्रियता बढाएको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीले लागू औषध नियन्त्रणमा बढाएको सक्रियता सँगै पछिल्लो ४ महिनामा २३ जना पक्राउ परेका छन् ।

जसअन्तर्गत सोमबार मात्रै इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीको घुमुवा टोलीले बेलौरी नगरपालिका – १० सडकघाटबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सडकघाटबाट बेलौरी नगरपालिका – ७ का २ किशोरलाई ५९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

attariya hospital
navjiwan hospital

सो टोलीले सडकघाट बाटै १ ग्राम ५९० ब्राउन सुगर सहित बझाङ घर भई धनगढी बस्ने २६ वर्षीय दिनेश विष्टलाई पनि पक्राउ गरेको छ । सोमबार पक्राउ परेका ३ जना सहित बेलडाँडी प्रहरीले कार्तिक २ गते देखि हालसम्म २३ जनालाई ६० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने १ जना फरार छन् ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार कार्तिकमा ११.७४७ ग्राम सहित ९ जना, मंसिरमा ११.४८० ग्राम सहित ३ जना पक्राउ परे थिए भने १ जना फरार भएका छन् । पुसमा २९.२८० ग्राम सहित ६ जना पक्राउ परेका छन् ।

उत्तर प्रदेशको पिलिभित जिल्ला सँग जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतबाट लागू औषध ओसारपसारको घटना बढ्दै गएका छन् । भारतको फलिया देखि टाटरगन्ज सम्म लागू औषधको खुल्ला व्यापार हुने गरेको छ ।