खाेज्नुहाेस

कांग्रेस कैलाली – ४ मा नेविसंघ परिचालनको जिम्मा दिनेश पाठकलाई

Image

अत्तरिया – नेपाली कांग्रेसले फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ) परिचालनको जिम्मेवारी विद्यार्थी नेता दिनेश पाठकलाई दिएको छ ।

कांग्रेस क्षेत्रीय समितिले चुनावी रणनीति अन्तरगत नेपाल नेविसंघ परिचालनका लागि पाठकलाई जिम्मेवारी तोकेको हो ।

attariya hospital
navjiwan hospital

कांग्रेसले कैलाली ४ मा यसअघि क्षेत्रीय सभापति बसन्त रोकायाको सयोजकत्ममा मुल निर्वाचन समिति गठन गरिएको थियो । मुल समिति अन्तरगत रहने गरी विद्याथी परिचालनका लागि पाठकको संयोजकत्वमा उप समिति बनाइएको रोकायाले बताए ।

उनले सोमबार बसेको बैठकले नेविसंघ, तरुण दल, महिला संघ लगायतका उपसमिति निर्माण गरिएको बताए ।

कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि गोरखबहादुर विष्ट (आनन्द) लाई उम्मेदवार बनाएको छ ।