खाेज्नुहाेस

दुर्गाथलिमा क्रिकेट मैदान निर्माण गरिदैं

Image

बझाङ – बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीस्थित गैरी क्रिकेट मैदान निर्माण गरिदैं छ । मैदानको सोमबार एक कार्यक्रमका बीच सिलान्यास गरिएको छ । दुर्गाथली जनचेतना युवा समाज जाफ्रीको पहलमा गरिएको उक्त सिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्राविधिक टोली, जनप्रतिनिधि, स्थानीय अभिभावक तथा युवाहरूको सहभागिता रहेको थियो ।

navjiwan hospital

युवा समाजले स्थानीयको वर्षौँदेखिको सपना साकार पार्नका लागि खेल मैदानका निम्ति जग्गा उपलब्ध गराउने जग्गादाताहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दै समाजले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गरेको छ ।

attariya hospital

सबै पक्षसँग यस ऐतिहासिक योजनालाई सफल बनाउन सहयोग र सहकार्यको निरन्तरता जारी राखिदिन युवा समाज जाफ्रीले आग्रह गरेको छ ।