खाेज्नुहाेस

कञ्चनपुरबाट अबैध लागू औषध सहित २ जना पक्राउ

Image

अत्तरिया– कञ्चनपुरबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको बेदकोट नगरपालिका– ८ भासीबाट सोही ठाउँ बस्ने २५ वर्षिय अकबर डगौरा र २२ वर्षिय अभिषेक डगौरालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

navjiwan hospital

सोमबार बेलुकी साढे ५ बजे विशेष सूचनाको आधारमा दुवैको घरभित्र खानतलासी गर्दा पोको बनाई राखेको अवस्थामा १.४६ ग्राम लागुऔषध फेला पारेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

attariya hospital

उनिहरुलाई अस्थायी प्रहरी पोष्ट गइलनदी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।