अत्तरिया– कैलालीको अत्तरियाबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोदावरी नगरपालिका– २ बसपार्क बस्ने २६ वर्षिय प्रमोद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको फैसलाले चौधरीलाई लागुऔषध मुद्धामा २ महिना ५ दिन कैद सजाय र २ हजार रुपैया जरिवाना तोकेको थियो ।

चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरठेगानबाट पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
















