खाेज्नुहाेस

सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिन पछि खुल्यो

Image

बैतडी – बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिन पछि खुलेको छ ।

गत असोज २४ गते सूचना नदिएको भन्दै जेनजी र जेनवाई समूहले तालाबन्दी गरेका थिए । जेनजी र जेनवाई समूहका तर्फबाट ११ बुदे माग अघि सार्दै तालबन्दी गरिएको भएपनि गाउँ पालिका र आन्दोलित पक्षबीच सहमति हुन नसक्दा ३९ दिन सम्म पालिकाको कामकाज समेत ठप्प भएको थियो ।

attariya hospital
navjiwan hospital

आइतबार बसेको कार्यपालिका बैठकले युवाहरुले उठाएको मागहरू सम्बोधन गरेपछि तालाबन्दी गरिएको ३९ दिनपछि सोमबार ताला खोलिएको गाउँ पालिकाका सूचना अधिकारी राम सिँह महराले बताए ।

जनप्रतिनिधी र जेन्जी युवाहरुबिच ताला खोल्ने बिषयमा पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिएन् । आइतबार बसेको कर्यालपालिका बैठकले जेन्जीले उठाएका सबै मागहरु सम्बोधन गर्ने निर्णय गरेको बताइएको छ ।

जेन्जीले उठाएका मागअनुसार कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरु हटाउने निर्णय भएको छ ।