खाेज्नुहाेस

च्याम्पियन जनकपुर पहिलो खेलमै स्तब्ध

Image

काठमाडौं – गत संस्करणको विजेता जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल २) अन्तर्गत् उद्घाटन खेलमै स्तब्ध भएको छ । सोमबार नवनिर्मित कीर्तिपुर त्रिवि मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजले जनकपुरलाई ५ विकेटले हराएर स्तब्ध तुल्याएको हो ।

नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक फ्लडलाइटमा भएको प्रतियोगिताको उक्त खेलमा जनकपुरले १ सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा काठमाडौंले ५ विकेटको क्षतिमा १८ औं ओभरमा पूरा गरेको थियो । टोलीलाई जित दिलाउन बेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन र आकाश त्रिपाठीले ३९ रन जोडे ।

attariya hospital
navjiwan hospital

उनीहरूले पहिलो विकेटका लागि ८.१ ओभरमै ७० रनको साझेदारी गरेर काठमाडौंलाई जित्ने आधार तयार गरेका थिए । त्यसो त दुबै जना आउट भएपछि काठमाडौंमाथि केही दवाव सिर्जना भयो । तर, मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन बनाएर काठमाडौंलाई दवावमुक्त पारेका थिए । जनकपुरका बलरमा सन्जय कृष्णामूर्ति, अनिल साह, किशोर महतो, ललित राजवंशी र जान निकोलले एक–एक विकेट लिएका थिए ।

यसअघि काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय सहि सावित भएको थियो । उनका बलरहरूले कसिकसाउ बलिङ गर्दा जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्रै बनाउन सक्यो ।

ओपनरहरू आशिफ शेख र लाहिरू मिलान्थाले पहिलो तीन ओभरमा ३२ रन बनाएर ठूलो स्कोर बनाउने संकेत देखाएका थिए । तर, मिलिन्द कुमारले पाँचौ ओभरमै २ विकेट र अर्को ओभरमा एक विकेट लिएपछि जनकपुर ठूलो दवावमा परेको थियो ।

ओपनर आशिफले भने ५४ रन जोडेर एनपीएल २ मा अर्धशतक बनाउने पहिलो खेलाडी हुने श्रेय प्राप्त गरे । यसपछि मायंक यादव ३४ रन र लाहिरु सामाराकूनले २३ रन जोड्दा जनकपुरको सम्मानजनक स्कोरमा पुगेको थियो । काठमाडौंको बलिङमा मिलिन्दले सर्वाधिक ३ विकेटले लिए । यस्तै, करण, साहब आलम र सन्तोषले १–१ विकेट लिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको उद्घाटन गरेकी थिइन् ।