खाेज्नुहाेस

एनपीएलको भव्य उद्घाटन

Image

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (क्रिकेट) को उद्घाटन गरेकी छन् । प्रधानमन्त्री कार्की सोमबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान पुगेर प्रतिस्पर्धी टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएलको उद्घाटन गरेकी हुन् ।

navjiwan hospital

उद्घाटन खेलमा काठमान्डुका कप्तान करणले टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुरविरुद्ध फिल्डिङ गर्ने निर्णय गरका थिए । गत सिजनमा जनकपुरले उपाधि यात्राको क्रममा काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो ।

attariya hospital

काठमान्डुको टोलीबाट करणसहित आकाश त्रिपाठी, भीम सार्की, सन्तोष यादव, आदिल अन्सारी, रशिद खान, शाहव आलम, रिकार्डो भास्कोनसेलोस, बेन चार्ल्सवर्थ, जेहर्राड इरसमस र मिलिन्द कुमार प्लेयिङ ११ बाट खेलिरहेका छन् ।

त्यस्तै जनकपुरबाट आसिफ शेख, कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेश सिंह, लाहिरु मिलान्था, लाहिरु समराकुन, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थी प्लेयिङबाट खेलिरहेका छन् ।