खाेज्नुहाेस

सञ्चार क्षेत्र बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशको सञ्चार क्षेत्र बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् ।

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको सहकार्य र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा धनगढीमा सुरु भएको सार्वजनिक उत्तरदायित्व प्रवद्र्धनका लागि एफएम रेडियोकर्मीहरूलाई असल अभ्यास सम्बन्धी अनुशिक्षण कार्यक्रममा मुख्यमन्त्री शाहले सञ्चारकर्मी र सञ्चार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

attariya hospital
navjiwan hospital

‘सञ्चार माध्यमहरू भन्दा सामाजिक सञ्जाल बलियो हुँदै गएको गुनासो आइरहेको छ, त्यो राम्रो होइन प्रदेश सरकार यहाँको सञ्चार क्षेत्र र सञ्चारकर्मी बलियो भएको हेर्न चाहन्छ’ मुख्यमन्त्री शाहले भने, ‘विश्वसनीय भरपर्दो र बलियो सञ्चार क्षेत्र बनाउन हामी प्रतिबद्ध छौँ ।’

सञ्चारकर्मीलाई प्रोत्साहित गर्दै उनले मुलुक जोगाउने दायित्व तपाइ हाम्रै काँधमा रहेको बताउँदै मिडियाको संरक्षक र संवद्र्धनमा राज्यले अझै धेरै गर्न बाँकी रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । आम सञ्चार नीतिको अन्तिम छलफल जारी रहेको उनले बताए ।

गत वर्षको विनियोजन विधेयकमा उपभोक्ता समितिबाट कुनै पनि योजना नराख्ने भन्ने राखिएको तर, त्यो कार्यान्वयन हुन नसक्नु दुर्भाग्य रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।

‘संस्थागत संरचनागत रूपमा सुधार गर्नु पर्छ, मुख्यमन्त्री र कर्मचारीको टेबलमा आएको फायल सम्बोधन हुनुपर्छ’ मुख्यमन्त्री शाहले भने ‘विकासको पाटोमा अवरोधको धेरै विषय छन्,यसमा सामूहिक आवाज उठ्न जरुरी छ ।’