धनगढी – कैलालीमा सिकलसेल रोगको जोखिम पहिचान र प्रारम्भिक निदानलाई प्रभावकारी बनाउन २ हजार १८२ जनाको सिकलसेल स्क्रिनिङ परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीले कात्तिक १६ गतेदेखि २७ गतेसम्म ६ स्थानीय तहमा सिकलसेल परीक्षण गरिएको हो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार परीक्षण गरिएकामध्ये ३ सय ३१ जनामा ट्रेड नतिजा पाइएको छ । उनीहरूको नमुना थप पुष्टि परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले बताए ।

परीक्षणका क्रममा जानकी गाउँपालिकामा २९५ जना, जोशिपुर गाउँपालिकामा ४६३ जना, लम्कीचुहा नगरपालिकामा ३१२ जना, गौरीगंगा नगरपालिकामा २२२ जना, बर्दगोरिया गाउँपालिकामा २७२ जना र भजनी नगरपालिकामा ६१८ जनामा ट्रेड नतिजा पाइएको छ ।
यीमध्ये धेरैजसो विद्यालय उमेर समूहका किशोर–किशोरीलाई लक्षित गरी परीक्षण गरिएको सूचना अधिकारी धामीले बताए ।

















