काठमाडौँ – निर्वाचन आयोगमा ७ दल थपिदा ७ खारेज भएका छन । निर्वाचन घोषणाका दिन १२२ दल रहेकामा थप ७ दल थपिदा ७ खारेज भएका हुन ।
आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरेको बताए । उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए ।


भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए ।
उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले निर्वाचनमा सहभागी हुन पाउने पनि बताए ।
उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेकोसमेत बताए। उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहनेसमेत बताए ।
शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचयपत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।



















