खाेज्नुहाेस

डोटीका बालकृष्ण ओझाको उपचारका लागि आर्थिक सहयोगको अपिल

Image

अत्तरिया – भारतको बरेलीमा उपचाररत डोटीको आदर्श गाउँपालिका – २ मौवाका बालकृष्ण ओझाको उपचारका लागि सहयोगको अपिल गरिएको छ । मुटु कलेजोमा सङ्क्रमण भएर बरेली स्थिति राममुर्ती स्मारक अस्पतालमा उपचाररत ५६ वर्षीयको ओझाको उपचारका लागि सहयोगको अपिल गरिएको हो ।

लामो समय देखि भारतको हरियाणामा चौकीदारीको काम गर्दै आएका उनी एक महिना अघि मात्रै नेपाल आएका बेला एक्कासि बिरामी परेका थिए । सुरुमा गाउँघरमै उपचार गराउँदा निको नभएपछि कार्तिक १९ गते जिल्ला अस्पताल डोटीमा उपचारका लागि ल्याइएकोमा त्यहाँ निको नभएपछि धनगढी रिफर गरिएको उनका छोरा नरेश ओझाले बताए ।

attariya hospital

उनले कार्तिक २१ गते धनगढी रिफर गरिएकोमा केही दिन सेती अस्पताल त्यसपछि निसर्ग अस्पताल हुँदै पुनः सेती अस्पतालमा राखिदा पनि उपचार सम्भव नभएपछि सेती अस्पतालले नै भारतको बरेली रिफर गरेको बताए ।

कार्तिक २८ गते देखि राममुर्ती स्मारक अस्पतालमामा भर्ना गरिएका उनको उपचारका लागि १५ देखि २० लाख खर्च लाग्ने अस्पतालले बताए पनि सहयोगको अपिल गरेको नरेशले बताए ।

navjiwan hospital

उनले घरको आर्थिक अवस्था कमजोर भएको र हालसम्म ५ लाख खर्च भइसकेकाले थप रकम जोहो गर्न सक्ने अवस्था नभएकाले सहयोग गरिदिन आग्रह गरे ।

उनले सहयोगका लागि आफ्नो ई–सेवा नम्बर ९८६६१०६२०८ वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४३००१००१०३८७३०१० वा उक्त ई सेवा वा बैंकको क्युआरमा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरे ।

सहयोगका लागि क्युआर

भिडियो