खाेज्नुहाेस

कञ्चनपुरमा बृद्ध दम्पतीमाथि कुटपिट गरेर गहना लुटियो

Image

कञ्चनपुर – कञ्चनपुरमा वृद्ध दम्पतीमाथि कुटपिट सँगै गहना र नगद लुटपाट भएको छ । बेदकोट नगरपालिका–५ पोल्खरीमा शनिबार राति चार÷पाँच जनाको लुटेरा समूहले गहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

navjiwan hospital

प्रहरीका अनुसार राति २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका हुन् । बालीहरु तान्दा उनको कानको लोती समेत चुँडिएको छ । प्रहरीका अनुसार दुई तोला भन्दा बढी तौलका गहना र डेढ लाख नगद लुटिएको छ ।

attariya hospital

जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले राति कोठामा बृद्ध दम्पती मात्रै रहेको र उनीहरुमाथि कुटपिट पनि भएको बताएका छन ।