काठमाडौं – सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा ६ हजार ९ सय रुपैयाँले घटेको छ ।

आज एक तोला सुनको मुल्य २ लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन २ लाख ४९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य ३ हजार २८५ रहेको थियो ।
















