खाेज्नुहाेस

कैलाली हार्डवेयर संघको अध्यक्षमा पुनः शाही

Image

धनगढी – कैलाली हार्डवेयर संघको अध्यक्षमा पुनः कुबेर बहादुर शाही सर्वसम्मत चयन भएका छन ।

शनिबार भएकाे संघकाे १३ औँ साधारणसभा तथा ५ औँ अधिवेशनबाट शाहीकाे नेतृत्वमा नयाँ कार्यसमिति गठन भएकाे हाे ।

attariya hospital
navjiwan hospital

संघकाे बरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द सर्वसम्मत चयन भए ।
उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन भएका छन् । संघको महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी, कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा प्रन्जल गुप्ता, सुरेन्द्र प्रसाद जोशी, चक्र सोडारी, डम्बर प्रसाद जैसी, यज्ञराज जोशी, संकर साउद, जय कुवार र बिरेन्द्र बोकटी निर्वाचित भएका छन्।

अधिवेशनकाे कैलाली उधाेग वार्णिज्य संघका अध्यक्ष पुष्कर ओझाले समुदघाटन गरेका थिए । साथै विभिन्न क्षेत्रमा याेग्दान पुर्याएका व्यक्तिहरूलाइ प्रमाणपत्रसहित सम्मान गरिएकाे थियाे ।

अधिवेशनले संघको आगामी योजनाबद्ध कार्यक्रम, हार्डवेयर व्यवसायका चुनौती र समाधानका उपाय लगायतका विषयमा पनि विस्तृत छलफल गरेको थियो। नयाँ नेतृत्वले हार्डवेयर व्यवसायको प्रवद्र्धन, व्यापारीहरूको हकहित संरक्षण र संघलाई थप सक्षम र सक्रिय बनाउने प्रतिवद्धता जनाएको छ।