खाेज्नुहाेस

दार्चुला गईरहेकी एक महिलाको बसभित्रै मृत्यु

Image

बैतडी– बसमा दार्चुला गईरहेकी एक महिलाको बसभित्रै मृत्यु भएको छ । महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको महाकाली यातायातको ना ८ ख ३०१ नम्बरको बसमा बसेकी बैतडीको सिगास गाउँपालिका–९ की अन्दाजी ४५ बर्षीया जानकी चन्दको बसभित्रै मृत्यु भएको हो ।

navjiwan hospital

दार्चुलाको दुहुँ गाउँपालिका वडा –२ हिकिला आफ्नो माइतीघर जानका लागि बैतडीको खोड्पेबाट बसमा चढेकी चन्द बसभित्रै एक्कासी बेहोस भएको र अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक विक्रमबहादुर शाहीले बताए ।

attariya hospital

चन्द एक्कासी बेहोस भएपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए । दार्चुलाको शैल्यशिखर नगरपालिकाको ग्वानी पुग्दा चन्दलाई उठाउन खोज्दा नउठेपछि प्रहरीले नै अस्पताल पु-याएको थियो । अस्पताल पु-याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

माइतीघर दुहुँ गाउँपालिकाको हिकिलामा आफ्नी भदैको विवाहमा जान लागेकी जानकीको विचबाटोमै मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।