खाेज्नुहाेस

एनएमबि लघुबित्तद्वारा ९ थान डस्टविन सहयोग

Image

अत्तरिया- कैलालिको गोदावरी नगरपालिकाका विभिन्न स्थानमा राख्नका लागि डस्टबिन सहयोग गरिएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुबित्त वित्तीय संस्था लिमिटेड सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढिले नगरका ३ स्थानमा राख्नका लागि डस्टबिन सहयोग गरेको हो ।

navjiwan hospital

अत्तरिया बजार, लालपुर चोक र स्याउले बजारमा राख्नका लागि ९ वटा डस्टबिनहरु सहयोग गरिएको संस्थाका प्रादेशिक कार्यालय प्रमुख विबेक भट्टले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत समुदाय तथा स्थानिय बासिन्दामा स्वच्छता अभिवृद्धी गर्नका लागि डस्टबिन सहयोग गरिएको बताए । सहयोग सामग्रीले स्थानियस्तरमा फोहोर ब्यवस्थापन गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा लिएको उनको भनाइ छ । उनले संस्थाले आगामि दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरुमा सहयोग तथा सहकार्य रहने बताए ।

attariya hospital

शुक्रवार एक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्ला, संस्थाकै गोदावरी शाखाका शाखा प्रमुख मनिषा कुमारी चन्द, कर्मचारी उमेश राज उपाध्याय, भुपेन्द्र सिंह ऐरी, स्याउले बजार ब्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा, समितिकै सदस्य उत्तम अधिकारी, समाजसेवी लक्ष्मण बोगटी लगायतको सहभागिता रहेको थियो ।