खाेज्नुहाेस

बझाङमा पत्रकारमाथि सांघातिक आक्रमण

Image

बझाङ – बझाङको मष्टा गाउँपालिका–६ को रिलुचौर माध्यमिक विद्यालयमा भएको बेथितिको समाचार लेखेको भन्दै पत्रकारमाथि कुटपिट भएको छ । सुशासन नेपाल नेटवर्कमा कार्यरत पत्रकार अनिल बोहरालाई बुधबार राती केही व्यक्तिले घरमै गएर ढुंगामुढा गर्दै कुटपिट गरेका हुन् ।

बोहराको टाउको, पिठ्यू, कम्मर र अनुहारमा चोटपटक लागेको छ । उनले स्थानीय विर्जन बोहरा, विकास बोहरा लगायतले आफूमाथि कुटपिट गरेको बताएका छन् । सोही वडाका वडाध्यक्ष शिवराज बोहराको योजनामा आफूमाथि कुटपिट र ढुंगामुढा गरिएको अनिलको आरोप छ ।

attariya hospital
navjiwan hospital

अनिललाई कुटपिट भएपछि प्रतिकारमा उत्रेको उनिलका परिवारका सदस्यले प्रहार गर्दा विर्जन बोहरा पनि घाइते भएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

गत हप्ता पत्रकार बोहराले रिलुचौर माध्यमिक विद्यालयभित्र स्थानीयले यौनजन्य क्रियाकलाप गर्ने गरेको, युवाहरूले गाँजा लगायत लागूऔषध सेवन गरेको बारे भिडियो समाचार प्रसारण गरेका थिए । विद्यालयका कोठाभित्र गाँजा खाइरहेका केही युवा उनको भिडियोमा देखिन्छन् । भिडियोमा कक्षा कोठामा कण्डमका खोल र प्रयोग भएका कण्डम, तासका पत्ती छरिएको देखाइएको थियो ।

उक्त समाचार प्रसारण भएको केही दिनपछि विद्यालयले आयोजना गरेको अभिभावक भेलामा पनि वडाध्यक्ष बोहराले अनिललाई हातपातको प्रयास गरेका थिए ।

वडाध्यक्ष बोहराले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए । गाउँमा भएको सामान्य भनाभनमा हात हालाहाल भएको र अनिलका बुवाले प्रहार गर्दा अर्का व्यक्ति विर्जनलाई चोट लागेको उनको भनाइ थियो । घटनाबारे जानकारी पाउने बित्तिकै राती नै प्रहरी पठाएको र यथार्थ बुझ्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।