अत्तरिया – प्रहरीले कैलाली कञ्चनपुर र डडेल्धुराबाट भन्सार छलीको सामान बरामद गरेको छ । बुधवार धनगढी उपमहानगरपालिका – ३ मिलन चोक स्थित भित्री सडक खण्डबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६४ हजार बराबरको सामान बरामद गरिएको छ ।

जसअन्तर्गत सुट पिस, स्विटर लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ३ भासी, भीमदत्त नगरपालिका – ४ बसपार्क, भीमदत्त नगरपालिका – १५ गोबरिया र दोधारा चाँदनी नगरपालिका – ८ शिव मन्दिर स्थित सडक छेउबाट ३ लाख ११ हजार बराबरको चिनी, मिस्री, नल्काको समान, माछा, मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै डडेल्धुरा, परशुराम नगरपालिका – ३ शिर्षबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका २७ हजार बराबरको बिडी बरामद गरिएको छ । सबै सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


















