अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध सहित युवक पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – ३ चौराहाबाट स्थानीय १९ वर्षीय दिलीप सिजापति पक्राउ परेका हुन ।


उनको साथबाट २१० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।


















