अत्तरिया – अछामबाट प्रहरीले जातीय छुवाछुत मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।


उच्च अदालत दिपायल डोटीको २०७८ माघ २५ गतेको फैसला अनुसार जातीय छुवाछुत तथा भेदभाव मुद्दामा ०३ महिना कैद सजाय र ५० हजार जरिवाना तोकिएका रामारोशन गाउँपालिका – २ का ३८ वर्षीय राम बहादुर रावल पक्राउ परेका हुन ।
उनलाई बुधवार जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलसैन नगरपालिका – ५ मंगलसैन बजारबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















