खाेज्नुहाेस

कृष्णपुरमा बाल समृद्धिका लागि हातेमालो तथा एकीकृत विकास परियोजना सञ्चालन

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बाल समृद्धिका लागि हातेमालो तथा एकीकृत विकास परियोजना सञ्चालन हुने भएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा कृष्णपुरमा १ वर्षका लागि परियोजना सञ्चालन हुन लागेको हो ।

परियोजनाको बुधवार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाको प्रमुख आतित्थतामामा परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ ।

attariya hospital

एनएनएसडब्ल्युएका सिनियर व्यवस्थापन समितिका सदस्य टेक बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्ट, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वल्र्ड भिजन इन्टरनेसनल नेपाल पश्चिम कार्यालय प्रमुख नारद मलासी, सङ्घसंस्थाका प्रतिनिधिहरू, बाल क्लवहरु प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

navjiwan hospital

कार्यक्रममा वल्र्ड भिजन र एनएनएसडब्ल्युएको संयुक्त प्रस्तुति रहेको थियो, वल्र्ड भिजनको तर्फबाट स्वास्थ्य तथा पोषण संयोजक छत्रराज भट्ट र एनएनएसब्लुएका कार्यक्रम संयोजक रामेश्वर जैरुले परियोजनाको बारेमा प्रस्तुति राखेका थिए ।

कार्यक्रम संयोजक रामेश्वर जैरुले एकीकृत विकास परियोजनाले बालबालिकाको कृष्णपुरका बालबालिकाको समृद्धिका लागि स्पोन्सरसीप सञ्चालन योजना सहित अन्य बाल संरक्षण, शिक्षा र पोषणका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्ने योजना रहेको बताए । उनले परियोजना जोखिममा रहेका बालबालिकाहरूको हकहितका लागि सुरक्षा, संरक्षण र उत्थान सिलताका जस्ता विषयमा सशक्त बनाउन जीवन उपयोगी सीपहरू प्रदान गर्ने, परिवारलाई सकारात्मक अभिभावकत्व जानकार बनाउने र स्थानीय बाल संरक्षण तथा घटना व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन परियोजना उद्धत रहेको बताए । समग्रमा बाल संरक्षण, समावेशी शिक्षा, पोषण लगायत विभिन्न विषयहरूको एकीकृत व्यवस्थापन र सञ्चालन बाट बालबालिकाको समृद्धिमा टेवा प¥याउले एकीकृत विकास परियोजनाको लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा संयोजक जैरुले अघिल्लो ५ वर्षमा परियोजनाहरू मार्फत कृष्णपुर नगरपालिकामा भएका कार्यहरूको महत्त्वपूर्ण उपलब्धि, चुनौती र सिकाइहरूको प्रस्तुति गरेका थिए, भने आगामी ५ वर्षका लागि तय भएको कार्यक्रमको रणनीति, प्राथमिकता र गतिविधिहरूको बारेमा पनि प्रकाश पारेका थिए । कृष्णपुर नगरपालिकामा सञ्चालन हुने गतिविधिहरू स्पोन्सरसीप फन्डमा सञ्चालन हुने भएकोले स्पोन्सरसीपका बारेमा पनि कार्यक्रमको अन्त्यमा प्रस्तुति राखिएको थियो ।

कार्यक्रममा बोल्दै कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत भट्टले कार्यक्रम सान्दर्भिक रहेको उल्लेख गर्दै कृष्णपुर नगरपालिकाको सहकार्य र साझेदारीमा जोड दिएको बताए ।